४४ औ बार्षिक उत्सब तथा संस्थानका बुलेटिन बिमोचन
सांस्कृतिक संस्थानको ४४ औ बार्षिक उत्सब यहि असार ५ गते भब्यताको साथ सम्पन्न भएको छ । कार्यक्रम संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब संकृति बिभाग प्रमुख श्री भरतराज सुबेदी को अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ संक्रितिबिद श्री सत्यमोहन जोशी ज्यु हुनुहुन्थ्यो । यस उत्सबलाई संस्थानका महाप्रबन्धक श्री राजेश थापा ले रचनात्मक ढंग बाट सम्पन्न गर्ने क्रममा रक्तदान तथा बार्षिक उत्सबको अबसरमा संस्थानका विभिन्न शाखा स्तरिय खेलकुद प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने शाखाका कर्मचारी तथा कलाकारहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । यसका साथै संस्थानको बुलेटिन "हाम्रो संस्कृति" पनि बिमोचन गरिएको थियो । कार्यक्रममा संस्थानका पूर्व पदाधिकारी तथा पूर्व कर्मचारीहरुलाई समेत आमन्त्रण गरि पुनर्मिलन समेत गरिएको थियो ।