Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
  ABOUT US  
 
    साँस्कृतिक संस्थान एक परिचय
नेपाली नाटक संगीत र नृत्यको संस्थागत बिकास गर्ने उद्देश्यले वि।सं।२००७ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको सूचना पाइन्छ । यस सन्दर्भमा वि।स। २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण गरिएको थियो । िसंहदरवार नाचघर बाहेक नेपालको जनस्तरको पहिलो नाट्यशाला यही राष्ट्रिय नाचघर नै हो । २०१७ सालमा आगलागी भएपछि यसको पुन ः निर्माण भयो र २०१७ साल कात्र्तिक ६ गते तत्कालीन राजा महेन्द्रबाट यस नाचघरको उद्घाटन गरियो । काठमाण्डौंको जमलस्थित यो राष्ट्रिय नाचघर वि।सं। २०२९ सालसम्म कहिले संस्कृति विभाग अन्तरगत कहिले पुरातत्व विभाग अन्तरगत कहिले सूचना विभाग अन्तरगत र कहिले प्रसार विभाग अन्तरगत रह्यो र संचार संस्थान ऐन २०२८ अनुसार २०२९ असार ५ गते यो राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानका रुपमा स्थापित भयो ।

Read More...
 
महर्षि “याज्ञवल्क्य” नाटक प्रदर्शन हुँदै
सांस्कृतिक संस्थानद्धारा प्रस्तुत गरिने शताव्दी पुरुष वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशीद्धारा लिखित पौराणिक कथामा आधारित नेपाली नाटक महर्षि “याज्ञवल्क्य” महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्रिपरिषदका सदस्यहरुको समेत उपस्थितिमा तपशिलका मिति, स्थान र समयमा प्रदर्शन हुन गईरहेको छ ।
मञ्चन
स्थान ः सांस्कृतिक संस्थान
मिति ः २०७३ पौष १७, १८, १९, २० र २१ गते
Read More...
टेण्डर सम्बन्धी सूचना
यस संस्थानको लागी तल तोकेको स्पेशिफिकेशन बमोजिम देहाय अनुसारका सवारी साधन आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म/संस्था/कम्पनीहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा सहि रितपूर्वकको सिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
Read More...
 
 
बिस्व संगीत दिवसको अवसरमा आयोजीत कार्यक्रम सम्पन्न
सांस्कृतिक संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सांगीतिक संघ र नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले सयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम बिश्वसंगीत दिवस भब्यताको साथ मनाइयो । कार्यक्रममा अग्रज संगीतकर्मीहरुलाई बिसिस्ठ सम्मान गरिएको थियो । सम्मानित हुनेमा नृत्य निर्देशक भैरब बहादुर थापा, संगीतकार चन्द्रराज शर्मा, रन्जीत गजमेर, गायक योगेश बैद्य, संगीतकार किरण खरेल र बाद्यबादक भगतसिं भागदास रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सम्माननीय उपरास्ट्रपति नन्द बहादुर पुनले विश्व संगीत दिवसको अवसरमा सबैलाई शुभकामना दिदै गीतसंगीत मानिसको हरपलको साथी भएको बताउनु भयो । कार्यक्रममा सांस्कृतिक संस्थान लगाएत अन्य विभिन्न कलाकारहरुले राष्ट्रिय नृत्य तथा गीत हरु प्रस्तुत गरिएको थियो ।
Read More...
४४ औ बार्षिक उत्सब तथा संस्थानका बुलेटिन बिमोचन
सांस्कृतिक संस्थानको ४४ औ बार्षिक उत्सब यहि असार ५ गते भब्यताको साथ सम्पन्न भएको छ । कार्यक्रम संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब संकृति बिभाग प्रमुख श्री भरतराज सुबेदी को अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ संक्रितिबिद श्री सत्यमोहन जोशी ज्यु हुनुहुन्थ्यो । यस उत्सबलाई संस्थानका महाप्रबन्धक श्री राजेश थापा ले रचनात्मक ढंग बाट सम्पन्न गर्ने क्रममा रक्तदान तथा बार्षिक उत्सबको अबसरमा संस्थानका विभिन्न शाखा स्तरिय खेलकुद प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने शाखाका कर्मचारी तथा कलाकारहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । यसका साथै संस्थानको बुलेटिन "हाम्रो संस्कृति" पनि बिमोचन गरिएको थियो । कार्यक्रममा संस्थानका पूर्व पदाधिकारी तथा पूर्व कर्मचारीहरुलाई समेत आमन्त्रण गरि पुनर्मिलन समेत गरिएको थियो ।
Read More...

अरुण थापाको सम्झनामा श्रदान्जली साँझ कार्यक्रम सम्पन्न
२०७३ श्रावन ७ गते सांकृतिक संस्थान र सुभारम्भ द म्युजिकल जर्नी को सहकार्यमा सयुक्त रुपमा आयोजित १७ औ अरुण थापा श्रदान्जली साँझ कार्यक्रम सम्पन भयो । कार्यक्रममा नेपालका संगीत क्षेत्रका हस्तीहरु जस्तै चेतन कार्की, प्रकाश सायमी आदि को उपस्थिति थियो सो कार्यक्रममा अरुण थापा का गीतहरु गायिका लोचन भट्टराई, गायक आकाश थापा आदिले सांगीतिक प्रस्तुति दिएको थियो ।
Read More...
भानुजयन्तीको अवसरमा कार्यक्रम "छन्द मूर्च्छना" सम्पन्न
साँस्कृतिक संस्थानद्वारा भानु जयन्तिको अवसरमा कार्यक्रम "छन्द मूर्च्छना" आयोजना गरि सम्पन्न गरियो कार्यक्रम संस्थानका अध्यक्ष श्री उधोग राई को अध्क्षेतामा सम्पन्न गरिएको थियो कार्यक्रम मा प्रमुख अतिथि राष्ट्रकबि माधब घिमिरे हुनुहुन्थ्यो भने कार्यक्रममा विभिन्न १२ जना कबिहरुद्वारा लिखित विभिन्न छन्दबद्ध कविताहरु बचन गरिएको थियो कार्यक्रममा बोल्नुहुदै राष्ट्रकबि माधब घिमिरेले नया पुस्ताले पनि छन्द मा कविता लेख्दा र बाचन गर्दा खुसि लागेको बताउनु भएको थियो
Read More...
 
© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
Activities
Upcoming Programme
news/press release
publications
programs List
feedback
Admission Form
Tender Notice and Form
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal




 
पवित्रा पंगेनी 
सूचना अधिकारी 
9843218960
01-4222232
Audio Notice Board No.
1618014221194