विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाइयाे

सांस्कृतिक संस्थानको ४५ औं वार्षिक उत्सव भव्य समारोहकावीच संस्थानकै आफ्नै प्रेक्षालयमा सम्पन्न भएको छ । कार्यक्रमको संचालन दुई चरणमा गरी सम्पन्न गरिएको थियो । पहिलो चरण अन्तर्गत औपचारिक कार्यक्रम भएको थियो भने दास्रो चरणमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थानका भुपु अध्यक्षहरु तथा वरिष्ठ संस्कृतिविद् सत्य मोहन जोशी लगायत मन्त्रालयका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शताब्दी परुष आदरणीय सत्य मोहन जोशी ज्यु, संस्कृति मन्त्रालयका संस्कृति विभाग प्रमुख भरतमणि सुवेदी ज्यू, पुर्व महाप्रवन्धक हरिहर शर्मा ज्यु र संस्थानका महाप्रवन्धक राजेश थापा लगायकाले आफ्ना विचारहरु राख्नु भएको थियो । कार्यक्रममा संस्थानमा २५ वर्ष निरन्तर सेवा गरेका संस्थानका कलाकार शारदा सिलवाल, विजय मानन्धर र कविता मानन्धरलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।
            त्यसै गरि संस्थानको पदपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाठ्यक्रम निर्माण समितिका सदस्यहरु श्री प्रचण्ड मल्ल, श्री हरिहर शर्मा, हनि श्रेष्ठ, सुरेश मिश्र, धनबहाद’र गोपाली, संगीता प्रधान, ज्ञानु राधा गोर्खाली, रविन श्रेष्ठ, कृष्ण जि.सी, माधव प्रसाद भण्डारी र सुदर्शन थापालाई सम्मान तथा नगद पुरस्कार सहित धन्यवाद पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संस्थानको अनलाईन बुकिङ्ग एप्लीकेशनको पनि उद्घाटन तथा सप्टवेयर एप्लीकेशनको बारेमा सुदर्शन पुलामीले जानकारी गराईएको थियो । दोस्रो चरणमा सांस्कृृतिक कार्यक्रम सम्पन्न भएको थियो जसमा संस्थानका कलाकारहरुले राष्ट्रिय गीत, एकल गीत, दोहारी गीत, मारुनी नाच, सतार नाच, हुड्केली नाच भएको थियो । भाग लिने कलाकारहरुमा लोचन भट्टराई, कृष्ण गुरुङ्ग, खर्क बुढा, लोराज राई, नरसिंह लाल श्रेष्ठ, शिला विष्ट, रुपक चौधरी, पञ्च नारायण महर्जन, रोहित स’वेदी, भागिरथ सुस्लिङ्ग, मदन जर्गा, भरत लाखे, भिम ब. गोर्खाली, बुकुन गन्धर्व, विपिन घिमिरे, भिम कला गुरुङ्ग, टिका गुरुङ्ग, गोरन चौधरी, छवि थापा, रेशम ब. पुन, खिम बलम्पाखी, गीता थापा, शुसिला थापा, सुनिता लामा, सवनम सिलवाल, अन्जु आले, त्यसै गरी ध्वनिमा छिरिङ्ग भुटिया, अनुपम शर्मा, मनोज केसी, प्रकाशमा मिलन नेपाली र विज्ञान सुब्बा, मञ्च सज्जामा तिलक सुनुवार, सहयोगीमा ओम प्रकाश बानिया र दिपक पौडेल थिए ।