वसन्त शास्त्रीय उत्सव-२०७४ कार्यक्रम हुने हुँदै ।

विगतका वर्षहरुमा जस्तै यस वर्षपनि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा अायाेजित "वसन्त शास्त्रीय स‌ंगीत उत्सव-२०७४" काे अायाेजना यहि २०७४ साल माघ १० गते गरिने हुँदा तपशिल बमाेजिम बिधाहरुमा शास्त्रीय स‍गीतका कलाकारहरुलाई निवेदन दर्ता गराउनु हुन हार्दिक अनुराेध गर्दछाै‌ं ।

तपशिल 
१. नयाँ पुस्ताका शास्त्रीय कलाकारहरुकाे निवेदनबाट ५ जनाकाे छनाैट गरि छनाैट भएका कलाकारहरुले मात्र प्रस्तुति दिन            पाउनेछ ।
२. कार्यक्रममा पुराना पुस्ताका कलाकाहरुलाई पनि अामन्त्रण गरी अामन्त्रित कलाकारहरुकाे पनि ५ वटा मात्र प्रस्तुती हुनेछ ।
३. अघिल्लो वर्षहरुमा प्रस्तुती दिई सकेका कलाकारहरुले यस वर्ष प्रस्तुती दिन पाउने छैन ।
४. अामन्त्रित कलाकारहरुले आफ्नाे प्रस्तुति १५ मिनेट भित्र गरिसक्नु पर्नेछ ।
५. नयाँ प्रस्तुतिकाे लागि १० मिनेट मात्र हुनेछ ।
६. अावेदन दिने अन्तिम मिति २०७४ माघ ५ गते भित्र मात्र ।
७. अावेदन दिने कलाकारहरुकाे छनाैट माघ ६ गते शनिवार ११ बजे संस्थानकाे मिनिहलमा हुनेछ ।
८.  कार्यक्रम दिनकाे ठिक २ बजे शुरु हुनेछ ।
९. अावेदक कलाकारहरुले निवेदनकाे साथ अाफुले हासिल गरेका अनुभव र शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे छाँयाकपी पनि पेश गर्नुपर्नेछ ।