साधक सम्मान तथा शास्त्रीय स‌ंगीत प्रस्तुत गरी वसन्त शास्त्रीय उत्सव मनाईयाे ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि सांस्कृतिक स‌स्थानकाे अायाेजनमा शास्त्रीय संगीत गायनमा आजीवन योगदान पुर्याएका वरिष्ठ शास्त्रीय धु्रपद गायक भवनाथ शर्मा अधिकारी सम्मानित भएका छन । वसन्त पञ्चमीको अवसरमा सांस्कृतिक संस्थानले बुधबार नाचघरको मेघा हलमा आयोजना गरेको वसन्त शास्त्रीय संगीत उत्सव २०७४ मा अधिकारीलाई सम्मान गरेको छ । उनलाई दोसल्ला ओढाएर ताम्रपत्र र २५००० रुपैँया सहित नेपाल संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरु भक्त) ले संस्थानको तर्फबाट सम्मान गरे ।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले कार्यक्रममा बोल्दै धु्रपद गायक अधिकारीका बारे बताए । अग्रज संगीतकार दिपक जंगम सहित  पाँच सदस्य टोलीले अधिकारीको नाम सम्मानको लागि चयन गरेको महाप्रवन्धक थापाले बताए । महाप्रवन्धक थापाले शास्त्रीय संगीतको प्रवद्र्घनकै लागि श्री पञ्चमीमा संस्थानले लामो समय देखि वसन्त शास्त्रीय संगीत उत्सव गर्दै आएको बताए ।
    
सम्मानित व्यक्तित्व अधिकारीका बारे शास्त्रीय संगीतकार डा. धु्रवेश चन्द्र रेग्मीले प्रकाश पारेका थिए । भारत खण्डे संगीत विश्व विद्यालय लखनउ भारतकी उपकुलपति एवं शास्त्रीय गाायिका श्रुती सडोलिकर काठ्करले शास्त्रीय संगीतको महत्वबारे प्रकाश पार्दै यो विश्व संगीतको भाषा एउटै भएको धारणा राखिन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरु भक्तले हजारौ वर्ष देखिको शास्त्रीय संगीतलाई संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले संरक्षण एवं प्रवद्र्घन गर्नु पर्ने बताए । 
  
 सो उत्सवको दोस्रो चरणमा विभिन्न कलाकारहरुले वसन्त लगायत फरक रागमा वाद्यवादन एवं गायन प्रस्तुत गरे । कार्यक्रमको पहिलो प्रस्तुतिमा रामकृष्ण दुवालको परम्परगत वसन्त गायन, ज्ञानुराधा गोर्खालीले सितारमा रागबादन, बैंकटेश ढकालले तवलामा शास्त्रीय बादन, यतिराज अधिकारीले बेला बादनमा शास्त्रीय धुन, जीवन आलेले बाँसुरीमा बसन्त धुन प्रस्तुत गरे ।
सोही शास्त्रीय उत्सबमा डंकनदास चौधरीले तवलाबादनमा, विकाशनाथ योगीले बेला बादनमा सरोज अधिकारीले बाँसुरीमा शास्त्रीय धुन प्रस्तुत गरे । यस्तै नवराज सापकोटाको शास्त्रीय गायन र धनबहादुर गोपालीको राग गायन पनि उत्सबको आकर्षण बनेको थियो । अन्त्यमा जयश्री सोसाईटीका कलाकारहरुको सामुहिक तवलाबादनले कार्यक्रमलाई थप मनोरञ्जन प्रधान तुल्याएको थियो ।