नारीदिवसको अवसरमा रास्ट्रपति कार्यालय सितल निवासमा सांस्कृतिक कार्यक्रम प्रस्तुत

१०७ औ अन्तरास्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा साँस्कृतिक संस्थानको बिशेस साँस्कृतिक प्रस्तुति रहयो. सो अवसरमा सम्माननीय राष्ट्रपति स्वयम् मंच सम्म आइ कलाकारहरुलाई हौसला प्रदान गर्नुभयो . यस बिशेस अवसरमा आमन्त्रण गर्नुहुने आयोजक प्रति साँस्कृतिक संस्थान परिवार हार्दिक आभार ब्यक्त गर्दछौ । सो कार्यक्रमको नेतृत्व सांस्कृतिक संस्थानको कार्यक्रम प्रमुख वरिष्ठ नाटक प्रवन्धक श्री प्रभाकरदेव शर्माले गर्नुभएको थियो ।