पञ्च लामा र श्रवण लामाकाे चाैतारी साँझ कार्यक्रम भव्यताकाे साथ सम्पन्न ।

सांस्कृतिक संस्थानकाे अायाेजनामा वरिष्ठ वाँसुरी वादक पञ्च लामा, तवला वादक श्रवण लामा र जापानी कलाकार तेराकादाे मित्सुगुकाे संयुक्त प्रस्तुती रहेकाे कार्यक्रम "चाैतारी साँझ" भव्यताकाे साथ सम्पन्न भयाे ।

संस्थानकाे मेघाहलमा भएकाे साे कार्यक्रममा दर्शकहरुले खचाखच भरिएकाे थियाे भने साँझ साँढे ५ बजे सुरु भएकाे कार्यक्रम ७ बजे सकिएकाे थियाे । कार्यक्रमकाे शुरुवात नेपाल लाई चिनारी दिने सुन्दर नेपाल नामक डकुमन्ट्री बाट भएकाे थियाे भने त्यस लगतै मनकामना नामक धुन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली संगीत क्षेत्रका कलाकारका साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुकाे पनि उपस्थिती थियाे । कार्यक्रमकाे अन्तमा दर्शकहरुकाे मागलाई ध्यानमा राखेर एउटा प्रस्तुती फेरी दाेहाेर्याएका थिए ।