नेपाल कला भुषण चन्द्रराज शर्माकाे १३ अाै‌ पुन्यतिथीमा श्रद्धाञ्जली सभा हुँदै

नेपाली संगीत क्षेत्रका एक हस्ती चन्द्रराज शर्माकाे १३ अाैं पुन्यतिथीमा यहि पाैष १८ गतेका दिन नेपाली संगीत क्षेत्रका विभिन्न संस्थाहरुकाे साझेदारीमा श्रद्धाञ्जली सभाकाे अायाेजना  हुँदैछ । राष्ट्रिय नाचघरकाे मिनीहलमा बेलुका ४ बजे कार्यक्रम सुरु हुनेछ । शर्माले नेपाली चलचित्र कुमारीमा संगीतकार शिवशंकर मानन्धर सँग संयुक्त संगीत गरेका थिए । ०५८ सालमा ‘स्वरसम्राट नारायणगोपाल स्मृति सम्मान’ पाएका शर्माले संयुक्त लगानी को पहिलो चलचित्र ‘जीवन–ज्योति’मा संगीत गरेका थिए भने यसवाहेक ‘धरती आकाश’, ‘श्री स्वस्थानी’, ‘महाकवि देवकोटा’ मा पनि संगीत निर्देशन गरेका छन् । स्वरसम्राट नारायणगोपाल गुरुवचार्य सांस्कृतिक संस्थानमा महाप्रवन्धक हुँदा उनले त्यहाँ प्रदर्शित नाटक ‘नाम नभएको मान्छे’, ‘क्रशमा टाँगिएको जिन्दगी’ मा संगीत गरेका थिए । गायक भक्तराज आचार्यलाई पनि उनले त्यही वेला समेटेका थिए भने महाकवि देवकोटाको ‘मुनामदन’ गीति नाटक मा पनि उनले संगीत निर्देशन गरेका थिए ।

उनको संगीतमा नारायणगोपालले गाएको लक्ष्मण लोहनीको शब्दमा ‘म मरे पनि मलाई मेरो देशको माया छ’, निकै लोकप्रिय छ । उनको संगीतमा गायक माणिकरत्न, तारादेवी, तोरणमुनि बज्राचार्य, सुदेशराज शर्मा आदिले गाएका छन् । उनले पछिल्लो पटक महाकवि देवकोटाको गीति नाटक ‘कुञ्जिनी’ मा पनि संगीत गरेका थिए ।

शर्माले छिन्नलता गीत पुरस्कार, हिट्स् एफ एम लाइभटाइम अचिभमेन्ट पाएका छन् । उनका दुई छोरा गायक सुदेशराज शर्मा र नरेश शर्मा अनि पत्नी तारा अर्याल परिवारमै छन् । उनी संगीतशिरोमणी यज्ञराज शर्मा का माहिला छोरा थिए ।