प्रतिलिपी अधिकार सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरियाे

सांस्कृतिक संस्थान र प्रतिलिपी अधिकार रजिष्ट्रारकाे कार्यालयकाे संयुक्त अायाेजनामा प्रतिलिपी अधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा प्रतिलिपी अधिकार रजिष्ट्रारकाे कार्यालयकाे तर्फबाट रजिष्ट्रार राजेन्द्र सिग्देलले "Copyright & Traditional Cultural Expression (TCE) Protection" विषयमा प्रशिक्षण दिनु भएकाे थियाे भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे तर्फबाट सह-सचिव भरतमणी सुवेदीले "Intangible Culture in Nepal:  A Policy Perspectives" विषयमा प्रष्ट पार्नुभएकाे थियाे । काठमाडौं । सांस्कृतिक संस्थानको मिनि हलमा प्रतिलिपि अधिकार सम्बन्धी सेमिनार आईतबार सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रमका प्रशिक्षकका रुपमा  भरत मणि सुवेदी र नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार राजेन्द्र सिगदेल थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा रोयल्टी संकलन समाजका महासचिव तथा वरिष्ठ यूवा संगीतकार महेश खड्का लगायतका विशिष्ट संस्कृति प्रेमी सर्जकहरुको उपस्थिति रहेको थियो ।  प्रतिलिपि अधिकार तथा परम्परागत सांस्कृतिक अभिव्यक्ति विषयक तालिम कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रतिलिपि अधिकार सम्बन्धी कार्यपत्र राजेन्द्र सिग्देलले प्रस्तुत गरेका थिए भने प्रतिलिपि अधिकारको क्षेत्र भित्र पर्ने परम्परागत अभिव्यक्ति सम्बन्धी कार्यपत्रमा रहेर भरतमणि सुवेदीले अत्यन्तै रोचक र गहकिलो प्रस्तुति दिनु भएको थियो । छोटो समयावधिको बावजुद पनि महत्वपुर्ण र सान्दर्भिक प्रशिक्षण दिएकोमा संगीतकार महेश खड्काले खुलेर प्रशंशा गरेका  थिए ।
    
         कार्यक्रममा रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले रोयल्टी संकलन बारेका आफ्ना संस्थागत र व्यक्तिगत धारणा सुनाउनु भएको थियो । नेपाल रोयल्टीका विषयमा ११९ वर्ष पछाडी परेको उल्लेख गर्दै अब आफु र यससंग सम्बन्धीत संस्था मार्फत विश्वमा यस सम्बन्धी भएका व्यावहारिक पक्षहरुलाई अपनाउदै र नेपाल सरकारले ल्याएको प्रतिलिपि अधिकार सम्बन्धी कानुनको पूर्ण पालना गर्दै यसबाट श्रष्टाहरुले आफ्नो श्रृजनशिलताको उचित लाभ लिने भन्दै यो अभियान थालिसकेको र सांस्कृतिक संस्थानलाई पनि यस सम्बन्धी अभियानमा सहयोग गर्न अग्रह गर्दै कानुनको पालना  नगर्नेलाई आफुले पनि नछाड्ने प्रतिक्रिया दिएका थिए ।
    
          कार्यक्रममा प्रशिक्षकद्वय भरत मणि सुवेदी र राजेन्द्र सिगदेलले प्रतिलिपि अधिकारको अवधारणा, यसको कानुनी र संस्थागत पक्ष, विश्व समाजमा भएको यसको अभ्यास र नेपालको सन्दर्भमा भएको यस सम्बन्धी व्यवस्था र हाल गर्नु पर्ने अभ्यास, प्रतिलिपि अधिकारको क्षेत्र भित्र पर्ने परम्परागत संस्कृति, रहनसहन, हस्तान्तरण र पुस्तान्तरणको बारेमा रोचक र उदाहरण स्वरुप तालिम प्रस्तुत गरेका  थिए भने यसबाट उल्लेख्य मात्रमा संस्कृति प्रेमीहरुले लाभ हासिल गरेका थिए । कार्यक्रमको समापन सांस्कृतिक संस्थानका महाप्रवन्धक रजेश थापाले गरेका थिए ।