दाेहाेरीगीत प्रतियाेगीता भव्यताकाे साथ सम्पन्न

सांस्कृतिक संस्थाद्वारा यहि असार २० देखि २२ गते सम्म सञ्चालन गरेको ३ दिने राष्ट्रव्यापी खुल्ला दोहारीगीत प्रतियोगिता यहि असार २२ गते सम्पन्न भएको छ । देशैभरिबाट जम्मा १७ टिमले भाग लिएको उक्त प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम, न्यू गोधुली साँझ दोस्रो, निलहिरा समाज, काठमाडौं तेस्रो र न्यू डाँफे दोहोरी साँझ सुन्धारा सान्त्वना भएको छ । वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष तर्फको उत्कृष्ठ पुरस्कार प्रकाश पराजुली र महिला तर्फको उत्कृष्ट पुरस्कार मिना थापाले प्राप्त गरेका थिए । समाजसेवी पृथ्वी थकालीद्वारा उत्कृष्ठ हुनेहरुलाई रु.५/५ हजार थप गरी जनही रु. १०,०००/– प्रदान गरिएको थियो भने प्रोत्साहन पुरस्कार तर्फ दिनेश खड्का, धवलागिरी र टिका सानु वि.क., राप्तीलाई जनही रु. ५/५ हजार प्रदान गरिएको थियो । प्रतियोगतामा प्रथम हुनेलाई नगद रु १,००,०००/–  सहित शिल्ड, तक्मा र प्रमाण–पत्र प्रदान गरिएको थियो भने द्वितीय हुनेलाई नगद रु ५०,०००/– सहित शिल्ड, तक्मा र प्रमाण–पत्र प्रदान गरिएको थियो । यसैगरी तृतीय हुनेकोले नगद रु २५,०००/– र सान्त्वना हुनेलाई रु. १०,०००/– सहित तक्मा र प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सवै विजेता टोलीहरुलाई नाङ्लोमा दियो बालेर नगद राखी प्रमुख अतिथी श्री बम बहादुर कार्कीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । भव्यरुपमा सम्पन्न भएको दोहोरी प्रतियोगीता अवलोकन गर्न वरिष्ठ कलाकार प्रजापति पराजुली, दुर्गा रायमाझि, मिलन लामा, शर्मिला गुरुङ लगायत राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठानका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा लोकगायक मिलन लामाले वाद्यवादक कलाकारहरुको लागी प्रोत्साहन स्वरुप रु. १२,०००/– नगद प्रदान गर्नु भएको थियो जुनकिरी दोहोरी साँझकी संचालिका तथा लोकगायिका सरु थापाले त्यसमा थप रु. १००००/– प्रदान गर्नु भएको थियो । प्रमुख अतिथी बम बहादुर कार्कीले मन्तव्यको क्रममा सांस्कृतिक संस्थानले लोक तथा दोहोरीगीतको प्रबद्र्धन र विकास गर्न गरेको यस प्रकारको प्रतियोगीता अत्यन्तै महत्वपूर्ण र सरहानीय भएको बताए । यसैगरी वरिष्ठ लोक गायक प्रजापति पराजुलीले नाचघरले दोहोरीगीतको प्रतियोगीता मार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको र आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रमको अन्त्यमा संस्थानको महाप्रबन्धक राजेश थापाले राष्ट्रव्यापी दोहोरीगीतको प्रतियोगीता प्रत्येक वर्ष गर्ने बताए ।