नाट्यकर्मीहरुको सामाजिक सुरक्षा विषयक नाट्य विमर्श कार्यक्रम सम्पन्न भयो ।

सांस्कृतिक संस्थान र नाट्यकमर्मी महासंघको संयुक्त आयोजनामा नाट्यकर्मीहरुको सामाजिक सुरक्षा विषयक नाट्य विमर्श कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा अशेष मल्ल विजय विस्फोट विरेन्द्र हमाल लगायत अन्य थुप्रै नाट्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले विशेष सम्वोधन गर्नुभएको थियो भने नाट्यकर्मीहरुको सामजिक सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा वरिष्ठ नाट्यकर्मीहरुले आफ्नो धारणा राख्नुभएको थियो ।