सांस्कृतिक संस्थानमा पर्खाल नाटक मञ्चन

सांस्कृतिक संस्थानकाे अायाेजनमा झाेराहाट नाट्य समूहकाे प्रस्तुती नाटक पर्खाल यहि कार्तिक १४ र १५ गते मञ्चन भयाे । झाेराहाट नाट्य समूहकाे प्रस्तुती रहेकाे नाटकमा अहं ईष्या र घमण्डले मानिसलाई कुन हदसम्म अापराधिक मानसिकताकाे बनाउछ भन्ने देखाएकाे छ र समाजमा त्यसले कसरी नकारात्मक भावना पैदा गराउँछ भन्ने कुरालाई यथार्थरुमा चित्रण  गरिएकाे छ । एक घण्टा लामाे नाटकमा नाटकमा नकरात्मक भावना त्यागेर सरल र सकरात्मक जीवन जिउन अपिल समेत गरिएकाे छ । विषयवस्तुका हिसावले नाटक सन्देशमूलक भएपनि प्रस्तुती चाही निकै परम्परागत र सामान्य लाग्ने खालकाे छ । परम्परागत र यथार्थपरक मञ्च सजावटमा कलाकारहरुले अाफुलाई प्रतुत गर्दछन् । 

               दाजुभाई विचकाे सामान्य पारिवारिक मनमुटावलाई नाटकले विम्वात्मक रुपमा प्रस्तुत गरेकाे छ । लहलहैमा नै अपराधकाे चंगुलमा फस्न बाध्य युवाहरुकाे अवस्थाको चित्रण पनि नाटकमा देखाइएको छ साथै साैतेनी अामाका कारण सन्तानले भाेग्नुपरेकाे पिडा नशामा तल्लिन बुबाका कारण परिवारमा अाइपर्ने समस्या सन्तानकाे मनमुटावमा बृद्धा अामाले सहनुपर्ने पिडाजस्ता विषय पनि नाटकमा देखाइएकाे छ । नाटकमा खुशी शर्मा गजेन्द्र पृथक अाेमप्रकाश निराैला सुनिता कट्टेल मनिषा बराल अनु श्रेष्ठ सविन काेईराला प्रज्जवल काफ्ले अनिल सरदार सुदिप कार्की प्रदिप सरदार मनाज निराैला लगायतकाे कलाकारहरुकाे अभिनय रहेकाे छ ।