राष्ट्रिय गजल उत्सव सम्पन्न

        सांस्कृतिक संस्थान र रापती समाज, काठमाटौं द्धारा आयोजित गजल प्रवद्र्घक मोतीराम भट्टको सम्मानार्थ १५२ औं मोती जयन्तीको अवसरमा आयोजित राष्ट्रिय गजल उत्सव २०७४ सांस्कृतिक संस्थान जमलमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थान र रापती समाज काठमाडौको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी नायब महानिरीक्षक सुरेश प्रताप शाह, वरिष्ठ गायिका कुन्ति मोक्तान, वरिष्ठ गजलकार ः ललिजन रावल, ज्ञानुवाकर पौडेल, राजेन्द्र थापा लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले छोटो अवधिमा मोतीराम भट्टले दिनु भएको त्याग र प्रेरणा आजका मानिसहरुले आफ्ना समकालीनको खुट्टा तान्ने प्रवृत्तिको लागि मोतीराम भट्टले भानुभक्तलाई वास्तवमै भानुभक्त बनाएको सन्दर्भ उल्लेख गर्दै आज उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नु भयो । मोती राम भट्टको तस्वीरमा माल्यार्पण सहित वहाँको सम्झनामा गजल गायन तथा वाचन, अभिनन्दन तथा सम्मान र अवार्ड प्रदानको कार्यक्रम गरिएको थियो । गजल गायन तथा वाचनमा गजल क्षेत्रमा स्थापित तथा नयाँ पुस्ताका गजलकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । गजल गायनमा ः अर्जुन सुनामले तिमिलाई देख्दै मनमा प्यासको आँधि चल्छ राम कसम..........., विन्दु परियारले तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ.......्, त्यसै गरी निशा देशार, वि.वि.अनुरागी, विपिन घिमिरे, सरद सागर अधिकारी, गोविन्द मधुर आचार्य, अजर जंगम, आकाश थापा, हरि लम्साल, वसन्ता प्रकृति, कृष्ण भारद्घाज गजल गायन प्रस्तुत गर्नु भएको थियो । गजल वाचनमा ः रुपक बनबासीले हल्ला थोरै गर्नु पर्छ..........बोलको गजल वाचन गर्नु भएको थियो भने बसन्त वलि बसन्तीले बाड्दा नसिद्घिने धन विद्या रहेछ.......वाचन गर्नु भयो । त्यसैगरी प्रबल विष्ट, रमेश वि.जी., विशाल कार्की, राजेन्द्र थापा, ललिजन रावल, ज्ञानुवाकर पौडेल, राजेन्द्र थापा, सुदेश सत्याल। देवी नेपाल, कपिल अन्जान,जिवराज बुढाथोकी, छविलाल कोपिलाले गजल बाचन गर्नु भएको थियो । कार्यक्रमको वाधवादन तर्फ जीवन राई, भागिरथ सुस्लिङ, लोकराज राई, आकाश गोर्खालीले साथ दिएका थिए ।
 
         कार्यक्रममा गजलकार सुदिप गौतमलाई अभिनन्दन गरिएको थियो भने नेशनल गजल अवार्ड २०७४ बाट गजल रचना तर्फ भुपेन्द्र महत, संगीत तर्फ दिपक जंगम, स्वर तर्फ अजर जंगम सम्मानित हुनु भएको थियो । त्यस अवसरमा सम्मानित हुने श्रष्टाहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्याल र प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको समापन रापती समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष शशि शर्मा मजगैयाले गर्नु भएको थियो ।