गाेपाल याेञ्जनकाे ७४ अाैँ जन्म जयन्ती भव्यताका साथ मनाईयाे

नेपाली स‌ंगीतका स‌ंगीत सम्राट गाेपाल याेञ्जनकाे ७४ अाैँ जन्म जयन्ती सांस्कृतिक संस्थान र मधुरिमा नेपालकाे अायाेजनामा सांस्कृतिक संस्थानकाे मिनी प्रेक्षालयमा यहि श्रावण २३ गते भव्यताकाे साथ सम्पन्न भयाे । कार्यक्रमकाे अध्यक्षता मधुरिमा नेपालकाे संस्थापक अध्यक्ष तथा वरिष्ठ संस्कृति विज्ञ प्रदीप बाेम्जनज्यूले गर्नु भएकाे थियाे भने कार्यक्रममा प्रमूख अतिथी वरिष्ट चलचित्र निर्देशक चेतन कार्कीज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी चेतन कार्कीज्यूले गाेपाल याेञ्जनले नेपाली संगीत क्षेत्रमा पुर्याएकाे याेगदानकाे चर्चा गर्नुभएकाे थियाे र गाेपाल याेञ्जनलाई वर्षमा एक दिन मात्र सम्झेकाेमा दुखेसाे समेत पाेख्नुभएकाे थियाे । साे कार्यक्रममा राष्ट्रिय कलाकारहरुका साथै नव कलाकारहरुले गाेपाल याेञ्जनद्वारा संगीतवद्ध गीतहरु प्रस्तुत गर्नुभएकाे थियाे ।