कर्णाली बृहत्त साँस्कृतिक उत्सव हुँदै

साँस्कृतिक संस्थान र कर्णाली समाजको संयुक्त आयोजनामा कर्णालीको मौलिक सँस्कृतिको संरक्षण, प्रवद्र्दन र विकासका साथसाथै कर्णालीको साँस्कृतिक पर्यटन प्रवद्र्दन गर्ने उद्देश्य राखी राजधानी काठमाडौंमा “कर्णाली बृहत्त साँस्कृतिक उत्सव” गर्न गईरहेका छौं । 

यस कार्यक्रमलाई सफल बनाउन माननीय उर्जा मन्त्री श्री महेन्द्रबहादुर शाही ज्युको प्रमुख आथित्वमा निम्न लिखित मिति, समय र स्थानमा एक अन्तरक्रिया कार्यक्रम गर्न गईरहेका छौं । यसका लागि यहाँको भुमिका महत्वपुर्ण हुने भएकाले यहाँको सहभागिताको लागि अनुरोध गर्दछौं । धन्यवाद ।

मितिः २८ श्रावण २०७४ 
समयः १ बजे देखि ३ बजे सम्म । 
स्थानः राष्ट्रिय नाचघर, जमल ।