कर्णाली महाेत्सव भव्यताकाे साथ सम्पन्न

कर्णाली खीर हजुर चाखेर त हेर्नुस उनीहरु अघिल्लाे तिर अाउजाउ गर्ने सवैलाई सामूहिक निम्ताे दिइरहेका थिए । राजधानी बासीलाइ कर्णालीकाे खीर ? सुन्दै खाउ खाउ लाग्नु स्वभाविक थियाे । माैलिक पाेसाकमा सजिएका युवा युवती कर्णालीकै चामल बाट बनाइएकाे खीर चखाइरहेका थिए । याे प्रसंग हाे राजधानिकाे मुटु भृकुटी मण्डप स्थित अायाेजना भएकाे कर्णाली महाेत्सवकाे । सा‌ंस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल‚ काठमाडाैं र कर्णाली सांस्कृतिक समाजकाे स‌ंयुक्त्त अायाेजनामा भएकाे साे
                  महाेत्सकाे उदघाटन उर्जामन्त्री महेन्द्र बहादुर शाहीले गर्नुभएकाे थियाे । कर्णालीकाे लाेक संस्कृतिकाे संरक्षण‚ प्रवर्द्धन र प्रचार प्रसार गर्ने उदेश्यले अायाेजना गरीएकाे साे कार्यक्रममा कर्णाली कर्णालीकाे संस्कृति झल्काउने खालका विभिन्न किसिमका सामाग्रीहरुकाे स्टल राखिएकाे थियाे । साे कार्यक्रममा बाेल्नु हुदै सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाज्यूले नेपाली सभ्यताकाे उदगम स्थल कर्णालीकाे लाेक संस्कृति‚ लाेक भाका र लाेक बाजालाई राजधानी वासीहरुका सामू प्रस्तुत गर्न महाेत्सव अायाेजना गरिएकाे बताउनु भयाे । नेपालकाे कला र संस्कृतिकाे मुल धारमा स्थापित गर्नु महाेत्सवकाे उद्देश्य रहेकाे बताउदै अागामी दिनमा यसलाई निरन्तरता र याेजनाबद्ध रुपमा लाने जानकारी गराउनु भयाे । महाेत्सवमा कर्णाली क्षेत्रकाे माैलिक लाेक संस्कृति‚ लाेक नाच र लाेकगीत प्रतुत गरिएकाे थियाे । त्यहाकाे संरक्षण‚ प्रवर्द्धन र प्रचार प्रसारकाे माध्यामबाट नेपाली माैलिक संस्कृतिमा कर्णालीकाे संस्कृतिकाे महत्व दर्साउने कार्य भएकाे महाेत्सवका सहभागीले बताए । कार्यक्रममा कर्णालीदेखि काठमाडाैं सम्मका स्थापित कलाकार देखि नवप्रतिभाहरुकाे उल्लख्य उपस्थित रहेकाे थियाे ।