लिम्बु नयाँ वर्षमा नाचगान कार्यक्रम

लिम्बुहरुको नयाँ वर्ष‍ कक्फेवा तङनाम ५०७७ का अवसरमा विहिवार साँस्कृतिक स‌ंस्थानमा लिम्बु सांस्कृतिक कार्यक्रम आयोजना गरियो । हिलिहाङ हाक्पारे पालाम सयङ र सांस्कृतिक संस्थानको सहकार्यमा लिम्बु गायक गायिकाहरुले आफुहरुकै भाषामा गीत गाए भने कलाकारले नृत्य प्रस्तुत गरे । 

कार्यक्रमको सुरुवात केलाङ नृत्यमार्फत गरियो । च्याब्रुङ बजाउदै कलाकार टोलीले केलाङ नाचेको दर्शकले मन पराए । त्यसपछि सीता सिंगकले आनि केरेक शिलिहाङ गीत गाइन भने कार्यक्रममा दिपक लिम्बु, विण्णु चेमजोङ, श्रेयसी चेमजोङ आदी कलाकारहरुले लिम्बु भाषामा विभिन्न गीतहरु प्रस्तुत गरेको थियो ।