खुल्ला मादल प्रतियाेगीता हुँदै

नेपाली मौलिक लोक वाजाहरुको संरक्षण सम्वद्र्धन र प्रर्वद्धनका लागि वरिष्ठ लोक श्रष्टा स्व. कल्याण शेरचनको ७१ औं पुण्यस्मृतिको अवसरमा सास्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा खुल्ला मादलवादन प्रतियाेगीता २०७४ निम्ती मिति स्थान र समयमा आयोजना गरिने भएकाले समस्त मादल वादक श्रष्टाहरुलाई, सहभागिताको लागि सादर अनुरोध गर्दछौं ।
नाेट: आकर्षक पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।

तलसिल
१  सहभागिताका लागि कम्तीमा एक मिनेट सम्मको मादल वादन श्रव्यदृष्य (भिडियो) र सम्पर्क नं. सहित संस्थानको निम्न
    ठेगानामा पठाउनु पर्नेछ ।
२  उक्त श्रव्य दृष्यहरु छनौट भईसकेपछि सम्वन्घीत मादल वादकहरुलाई आयोजकको तर्फवाट सम्पर्क गरिनेछ ।
३  सहभागी कलाकारहरुलाई यातायात खर्च र खाने वस्ने व्यवस्था आयोजकको तर्फवाट गरिने छ । कार्यक्रमको एक दिन अगावै
    काठमाण्ढौ आइपुग्नु पर्ने छ  ४ कार्यक्रम यहि २०७४ श्रावण १२ गते साँस्र्कतिक संस्थानको मेगाहलमा प्रदर्शन गरिने छ ।
५  यो सुचना प्रकासित भएको मिति देखि ३५ दिन भित्र सम्म श्रव्यदृष्य (भिडियो) उपलव्घ गराईसक्नु पर्ने छ । तोकिएको मिति
     भन्दा पछि आएका सामाग्री उपर कुनै कारवाही गरिने छैन ।
 
आयोजक
सास्कृतिक संस्थान, र कल्याण शेरचन स्मृति प्रतिष्ठान काठमाण्डौ  
Email:-sanskritiksansthan.org.np
Website:- sanskritiksansthan.org.np