अव सम्झनामा मात्र नेपाल कला भुषण चन्द्रराज शर्मा ।

नेपाली संगीतका एक धराेहर चन्द्रराज शर्माकाेे १३ अाैं पुन्यतिथिमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा म‌ंगलवार एक श्रद्धाञ्जली सभा सम्मन्न भयाे । यहि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा जिवनका एक कालखण्ड विताउनु भएका नेपाल कला भुषण बाट सम्मानीत शर्माकाे श्रद्धाञ्जली कार्यक्रमलाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल स‌गीत तथा नाट्य प्रतिष्ठान, रेडियाे नेपाल र नेपाल सांगीतिक संघले संयुक्तरुपमा अायाेजना गरेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का संचालक समितिका अध्यक्ष श्री उद्याेग राईज्यूले गर्नुभएकाे थियाे भने संचालन शशि शर्मा मजगैयाले गर्नुभएकाे थियाे । श्रद्धाञ्जली अर्पणका क्रममा १ मिनेट माैन धारण गरी सुरुवात गरिएकाे थियाे भने सहभागी कलाकारहरुले १०८ वटा दियाेमा बत्ती बालेर उहाँकाे अात्माकाे चिरशान्तिकाे कामना गरिएकाे थियाे । सभाका बाेल्ने स‌ंगीतकर्मीहरुले चन्द्रराज शर्माले नेपाली संगीत पुर्याउनुभएकाे याेगदानकाे कदर गर्दै सरकारले उहाँकाे नाममा संगीत काेषकाे स्थापना गर्नुपर्ने बताउनुभयाे । साे श्रद्धाञ्जली सभामा उहाँका पुत्रद्वय श्री किशाेर अर्याल र सुदेशराज शर्मा पनि उपस्थित भई आफ्नाे बुवाकाे श्रद्धाञ्जली सभाकाे अायाेजना गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।