सडक नाटक लिएर २ नम्वर प्रदेश प्रस्थान ।

स्थानिय तहकाे निर्वाचन २०७४ काे प्रदेश नम्बर २ अन्तर्गतकाे निर्वाचनमा निर्वाचन सम्बन्धी सचेतनामूलक सडक नाटक महादान लिएर जाने सा‌स्कृतिक स‌स्थानका कलाकारहरु लाई अाज मिति २०७४ भाद्र १५ गते स‌स्थानका महाप्रवन्धक श्री राजेश थापाले विदाई गर्नुभएकाे छ । साे नाटक टाेलीकाे नेतृत्व लाेकेन्द्र लेखकले गर्नुभएकाे छ भने टाेलीमा रमेश के‍‌‍सी, अञ्जु अाले, तिलक सुनुवार, ध्रुव थापा लगायतका ८ जना नाटक कलाकाहरु रहेका छन् । टाेलीले १० दिन सम्म २ नम्बर प्रदेशकाे विभिन्न स्थानहरुमा सडक नाटक प्रदर्शन गर्नेछन् ।