अवकाश प्राप्त कर्मचारीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।

यस संस्थानमा करिव तीन दशकदेखि सेवामा रहि उमेरहदका कारण अनिवार्य अवकाश हुनुभएका कलाकार श्री लाेकनाथ ढकाल तथा संस्थानका विगत लामाे समय देखि नृत्यविधा प्रमुखकाे रुपमा कार्यगरी रहनुभएका श्री विजय मानन्धरज्यू र कलाकार कविता मानन्धरज्यूले घरायसी कारण राजिनामा दिनुभएकाेले अाज मिति २०७४ पाैष ११ गतेका दिन उहाँहरुकाे सामूहिक विदाई कार्यक्रम सम्पन्न भयाे । विदाई कार्यक्रममा बाेल्दै संस्थानका महाप्रवन्धक श्री राजेश थापाज्यूले उहाँहरुले संस्थानकाे सेवा अवधिमा पुर्याउनु भएका याेगदानकाे कदर गर्दै अवका दिनमा पनि नेपाली माैलिक लाेक कला र संस्कृतिकाे विश्वमाझ पुर्याउन सहयाेग गर्ने कुरामा विश्वार रहेकाे कुरा बताउनु भयाे ।