Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
publications
राष्ट्रिय नाचघरको ऐतिहासिक पृष्ठमूिम

राष्ट्रिय नाचघरको ऐतिहासिक पृष्ठमूिम
मित्रमणी पोखरेल
नेपालमा जनस्तरको पहिलो नाट्यशालाको रुपमा रहेको राष्ट्रिय नाचघर वि।सं। २०१६ सालमा निर्माण हुनुभन्दा पहिले िसंहदारबारभित्र एक ँिसंहदरबार नाचघर” रहेको थियो । तत्कालीन अवस्थामा संगीत कला नाटक तथा विविध नृत्यहरुको प्रबन्धन सम्बद्र्धन तथा संरक्षण गर्न थोरबहुत सांस्कृतिक संघ संगठनहरु भएतापनि िसंहदरबार नाचघरलाई महत्वपूर्ण स्थानको रुपमा लिइन्थ्यो । सडक चौक तथा चौबाटोमा समेत सिमीत रुपमा पूर्ण तथा तालीमे कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी जनसाधारणको मनोराजनको तीर्खा मेट्ने गरिन्थ्यो । तर नेपालका ठूला महत्वका कार्यक्रम तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त नृत्य नाटक संगीत कथा तथा यस्तै अन्य सांस्कृतिक कार्यक्रमहरु िसंहदरबार नाचघरमा प्रस्तुत गरी ठूला वडाहरुलाई मनोराजन दिने गरिन्थ्यो । नेपालमा देखाइने प्रमुख सांस्कृतिक कार्यक्रमहरु सोही िसंहदरबार नाचघरमा राजा तथा देश विदेशका प्रमुख व्यक्तिहरुमाझ प्रस्तुत गरी उनीहरुलाई मनोराजन गराइन्थ्यो र अझ स्थापनाको कालमा राणा शासकहरुको व्यक्तिगत मनोराजनको स्थलको रुपमा लिएको थियो । तत्कालीन अवस्थामा सो नाचघरको आफ्नै गौरव र अस्तित्व रहेको थियो । उक्त नाचघरको प्रशासनिक तथा व्यवस्थापकीय कामकाजहरु राणाहरुका सुशारे तथा तालीमे कलाकारहरुबाट गरिन्थ्यो । उक्त नाचघर िसंहदरबारभित्र रहेकोले पनि होला जनसाधारणको पहुँच थिएन । उक्त स्थानमा प्रस्तुत गरिने कार्यक्रमहरुबाट जनसाधारण जहिलैपनि विाचत रहनुपर्दथ्यो ।
वि।सं। २०१६ सालमा जनस्तरको पहिलो नाचघरको रुपमा जमलस्थित एउटा काष्ठ कार्यालयलाई सरकारले किनेर राष्ट्रिय नाचघरको स्थापना गर् यो । पाचायती व्यवस्थाको स्थापना कालमा कविराजा महेन्द्र शाहबाट नेपाली संसृकति क्षेत्रमा तत्कालीन राष्ट्रिय आवश्यकतालाई महशुस गरी निजबाटै शिलन्यास र उद्घाटन भएको हो । सो नाचघरको स्थापना गर्नमा संस्कृतविद्-सत्यमोहन जोशीको योगदान रहेको छ । जनस्तरको पहिलो नाचघरको रुपमा स्थापना भएपनि पुरानै नाचघरको रोग यथावतै रहयो । राजघराना तथा सरकारका प्रमुख व्यक्तिहरुलाई नै बढीमात्रमा आमन्त्ररण गरी सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने गरिन्थ्यो । राजामहाराजाहरुलाई खुशी पार्न विभिन्न कार्यक्रमहरु प्रस्तुत गरी राजाको गौरबगाथ गाउने गरिन्थ्यो । तत्कालीन अवस्थ्ाामा रहेको पुरातत्व तथा संस्कृति विभाग अन्तर्गत नाचगानहरु गराइन्थ्यो र यो नाचघरलाई सोही विभागमा राखिएको थियो । वि।सं। २०२९ साल असार ५ गते साचार संस्थान ऐन २०२८ बमोजिम सांस्कृतिक संस्थानको स्थापना भई राष्ट्रिय नाचघरमा हुने सम्पूर्ण कार्यहरुको संयोजन प्रबन्धन व्यवस्थापन नियन्त्रण तथा प्रशासनिक कामकाजहरु यही संस्थानले गर्न थाल्यो । हालसम्म सरकारी अनुदानबाट साचालन भइरहेको सांस्कृतिक संस्थान नेपाल सरकारको पूर्णस्वमित्व भएको संस्था हो ।
ँसांस्कृतिक नवजागरण गराई र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सर्वसाधारणलाई मनोराजन उपलब्ध गराउनु” यो संस्थानको घोषित मूख्य उद्देश्य रहेको छ । त्यसैगरी ँराष्ट्रियपन भएको सांस्कृतिक कार्यक्रम तयार गरी त्यसको सजीव प्रदर्शनद्वारा जनसाधारणको लागि स्वस्थ मनोराजन उपलब्ध गराउनु” उक्त संस्थानको घोषित कर्तव्य हो । साचार संस्थान ऐन २०२८ को अधीनमा रही संस्थानले निम्नानुसार कामहरु गर्न सक्नेछः
क नेपालको गौरबशाली संस्कृति र कलात्मक परम्पराको निर्वाह र विकास गर्ने र जनताको बौद्धिक आवश्यकता र स्वस्थ मनोराजनको चाहना पूर्ति गर्ने खालको स्वस्थ मनोराजन गर्ने सांस्कृतिक कार्यक्रम तैयार गरी महत्वपूर्ण पर्व समारोहमा प्रदर्शनको व्यवस्था गर्ने ।
ख सांस्कृतिक कार्यक्रमको लागि पटकथा रङ्गमाच कलाकार इत्यादिको व्यवस्थापन गर्ने ।
ग कार्यक्रमको योजना निर्माण र प्रदर्शनमा व्यावसायिक दृष्टिकोण अपनाउने ।
वि।सं। २०२९ साल असार ५ गते संस्थान स्थापना हुँदाका बखत संस्थान साचालनमा इन्द्रप्रसाद काफ्ले महाप्रबन्धक तथा अध्यक्ष र सदस्यहरुमा हनुमानदास रंजितकार भीमनिधि तिवारी विजयबहादुर मल्ल र गोपीनाथ अर्याललाई मनोनयन गरी संस्थान साचालक समितिको गठन गरिएको थियो ।
सांस्कृतिक संस्थानको विधिवत स्थापना भएपछि रानीपोखरीको पश्चिमउत्तर कोणमा अवस्थित ५ रोपनी २ आना जग्गाभित्र विगतको काष्ठ कार्यालयमा करिब ३७० सिट क्षमताको राष्ट्रिय नाचघर रहेको थियो । सो नाचघर २०१६ सालमा स्थापना भई २०१८ सालमा आगलागी भए पश्चात २०१९ सालमा तत्कालीन मुमाबडामहारानी रत्न राज्य लक्ष्मी शाहको निजी कोषबाट पुनःनिर्माण भएको थियो । उक्त नाचघर जीर्णावस्थामा रहकोले वर्षेनी त्यसको मर्मत सम्भारमा बढीभन्दा बढी रकम खर्च गर्ने गरिन्थ्यो । एकातिर पुरानो नाचघरमा कार्यक्रम प्रस्तुत गर्दा आधुनिक प्रविधिको समेत कमीकमजोरी रहेको थियो भने अर्कोतिर पर्याप्त भौतिक साधनको अभाव र केही हदसम्म कमजोर व्यवस्थापन पक्ष समेतले गर्दा संस्थानले आफ्नो कार्यक्रममा व्यवसायीकरणको विकास गरी आत्मनिर्भर हुन नसकेको हुँदा कार्यक्रमहरु उत्पादन गर्न समेत पूर्णतः सरकारी अनुदानमा नै निर्भर रहेको थियो । त्यसैगरी आधुनिक उपकरण साधन सुविधा र रंमाचीय आकर्षण एवम् स्तरीय कार्यक्रम प्रदर्शनका लागि नयाँ आधुनिक सुविधासम्पन्न हलको समेत अभाव थियो । यिनै समस्याहरु समाधान गर्न र संस्थानलाई गुणस्तरयुक्त कार्यक्रम साचालन गर्न अत्याधुनिक प्राविधिक सुविधासम्पन्न एक नाचघर भवनको आवश्यकता परेको हुँदा नयाँ नाचघरको अवधारणा विकास भएको हो ।
वि।सं। २०३८ सालमा तत्कालीन महाप्रबन्धक नारायण गोपाल गुर्वाचार्यको समयबाटै नाचघर निर्माण गर्ने अवधारणाको विजारोपण भएको थियो । त्यसपछि पुरानो नाचघरलाई भत्काएर आधुनिक प्रविधियुक्त नाचघर बनाउने तथा यसको महत्वपूर्ण स्थानलाई विचार गरी भवनको सडक पट्टी पसलहरु बनाएर भाडामा दिई थप आर्थिक लाभ पनि गर्न सक्ने गरी नयाँ नाचघर बनाउन विगतदेखि नै नियमित रुपले सरकार पनि लागेको देखिन्छ । यसलाई विभन्न समयका महाप्रबन्धकहरुले नयाँ नाचघर बनाउने जमर्कोमा उर्जा नथपेका पनि होइनन् । संस्थानका तत्कालीन महाप्रबन्धक श्री हरिहर शर्माले नयाँ नाचघर बनाउन कम्मर कसेपछि मात्र यो शुभ काम शुरु हुन थाल्यो भने वर्तमान महाप्रबन्धक लक्ष्मण रायमाझीको पालामा उक्त नयाँ नाचघरको निर्माण सम्पन्न भयो ।
अबको सांस्कृतिक संस्थानले निम्नानुसार कामहरु गर्नुपर्ने हुन्छः
क जनताको बौद्धिक आवश्यकता र स्वस्थ मनोराजनको चाहना अनुसार स्वस्थ मनोराजन गर्ने सांस्कृतिक कार्यक्रमहरु तयार गरी सर्वसुलभ रुपमा प्रदर्शन गर्ने
ख नेपली गोरवशाली संस्कृति कलात्मक एवम् सांस्कृतिक परम्पराको विकास गर्ने
ग कार्यक्रमको योजना निर्माण र प्रदर्शनमा व्यवसायिक दृष्टिकोण अपनाउने
घ आफ्नो साधन श्रोतले भ्याएसम्म नेपाल अधिराज्यका संगीत तथा नाट्य क्षेत्रका कलाकारहरुलाई एउटै छातामुनि राखी कलाकारिता क्षेत्रलाई व्यवस्थित गर्ने
ङ संस्कृति र कलाको धरोहर एवम् केन्द्रको रुपमा रही सांस्कृतिक नवजागरण गर्न आफ्नो गतिविधि अगाडि बढाउन प्रयत्नशील रहने
च भौतिक अवस्थामा समय सापेक्ष रुपमा सुधार गरी साधन श्रोतले सम्पन्न बनाई आत्मानिर्भर तथा व्यवसायिकरण तर्फ उन्मुख गर्ने
छ नेपाल राज्यभरका कला संस्कृतिहरुको जगेर्ना एवम् संकलन गर्न विभिन्न ठाउँहरुमा आफ्नो शाखाहरु खोल्ने
ज पराम्परागत भेष भुषा आधुनिक शास्त्रीय तथा लोक गीत नृत्य संगीत तथा नाटक आदिको संकलन गरी प्रदर्शन गर्ने
झ स्वदेशी तथा विदेशी बाजाहरुको समेत संकलन गरी भण्डारण गर्ने
सांस्कृतिक संग्रहालयको स्थापना
ट राष्ट्रको विभिन्न सांस्कृतिक परम्पराका नाच लोक गीतहरु प्रचीन भेषभुषा तथा वाजाहरु आदिको संकलन र संरक्षण गर्ने
ठ नाचगानको अडियो भिज्योल राष्ट्रिय स्तरको भेषभुषा सहितको सांस्कृतिक पुस्तकालय स्थापना
ड सानो खालको रंगमाचमा र खुल्ला मैदान सडकमा पनि प्रदर्शन गर्न सकिने कार्यक्रमहरुको उत्पादन
ढ नेपाल सरकारले स्वीकृत गरेका कार्यक्रमहरुबाहेक अन्य कार्यक्रमहरु समेत सम्पादन गर्ने
नेपाली कला संगीत साहित्य र संस्कृतिको विकास गर्न नेपाल प्रज्ञाप्रतिष्ठान साचालित भएकै छ । सांस्कृतिक संस्थानले प्रज्ञाप्रतिष्ठानबाट सम्पादन हुने कामहरु दोहोयाउनु यसको काम होइन । यस संस्थानले आम जनतालाई परिचित राख्ने राष्ट्रिय संस्कृतिसँग सम्बन्धित काम नृत्य संगीत गीत नाटक तथा अन्य सांस्कृतिक कार्यक्रम बनाउनु पर्दछ । यसले आफ्नो देशमा भएका कला संस्कृति भेष भुषा रीतिरिवाज तथा परम्परा आदि विश्व सामु चिनाउने प्रयत्न गर्नुपर्दछ । संस्कृति भनेको समाजको अपरिहार्य तत्व भनी बुझेर यसका कर्ताहरुले यसको सम्मान र मर्यादा गरी संरक्षण सम्बद्र्धन तथा प्रबद्र्धन गर्नुपर्दछ । अहिले संस्थानको नयाँ नाचघर तथा शपिङ्ग कम्प्लेक्स बनिसकेको हुँदा यसले पक्कैपनि आयआर्जन गर्नसक्दछ । यसबाट आएको आयआर्जन यथोचित सदुपयोग गरी सरकारको ऋण चुक्ता गर्ने तिर लाग्नुपर्दछ भने कर्मचारीहरुलाई बोनसको रुपमा यसले आफ्नो आम्दानीबाट केही रकम बाँड्न सक्नुपर्दछ ।
सरकारी स्तरबाट समेत सांस्कृतिक संस्थानलाई अल्पकालीन तथा दीर्घकालीन सोच रणनीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । राष्ट्रको कला संस्कृति तथा परम्पराहरु जोगाउन संरक्षण तथा प्रबद्र्धन गर्न अन्य संघ संस्थाहरु नभएको आजको परिवेशलाई बुझ्दा सरकारले यसलाई सांस्कृतिक फाँटको केन्द्रिय निकायको रुपमा विकास र विस्तार गर्नुपर्दछ । यसबारेमा सरकारले उदार भएर सोच्नुपर्ने देखिन्छ । यसले सम्पन्न गर्ने विभन्न महत्व बोकेका कार्यक्रमहरुमा सरकारले ध्यान दिई यसको औचित्य र आवश्यकतालाई मध्येनजर गर्दै यसबारेमा नयाँ योजना ल्याउनैपर्ने देखिन्छ । यसले आमनागरिकलाई नेपालको कला संस्कृतिको पहिचान गराउनुपर्दछ । यस्ता यावत कुराहरुलाई मध्ये नजर गरी सरकारले यो संस्कृतिक संस्थानको सांस्कृतिक कार्यक्रम तथा गतिविधिहरुको अध्ययन तथा विश्लेषण गरी सरकारको सोच र योजना अनुसार यसै संस्थानलाई समावेश गरी संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको यथाशीघ्र स्थापना गर्नुपर्दछ । किनभने प्रस्तावित संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान छुट्टै स्थापना गरी सांस्कृतिक संस्थानलाई ओझेलमा पारियो भने यस माथि ठूलो अन्याय गरेको ठहरिनेछ । हुनपनि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले गर्ने काम कर्तव्य तथा अधिकारलाई मध्यनजर गर्दा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले गर्ने काम कर्तव्यहरु लगायत थप कामकुराहरु समेत गर्न सक्ने देखिन्छ । त्यस कारण सांस्कृतिक संस्थान छुट्टै राख्ने वा प्रतिष्ठानमा लग्ने भन्ने कुराको निचोड निकाल्नु पर्दा यस्तै प्रकृतिका दुई निकायको गठन गर्नुभन्दा सांस्कृतिक संस्थानलाई सो जिम्मेवारी तोक्दा बढी फलदायी उपलब्धीमूलक र न्योयोचित हुन जान्छ । यसले प्रतिष्ठानले लक्ष्य राखेको कामकाजहरु समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले गर्ने गरेको महशुस गरिएको छ । यदि संस्थानलाई प्रतिष्ठान बनाउने हो भने यहाँ भएका मानवीय तथा अन्य श्रोतहरु बढी भन्दा बढी उपयोग परिचालन गरी उत्पादनमूलक बनाउन सकिन्छ भन्ने विश्वास गर्न सकिन्छ । साथै सोह्र सालेदेखि अनवरत रुपमा साचालित यस संस्थानको नाचघरलाई वास्तै नगरी यही प्रकृतिको प्रतिष्ठान स्थापना गर्ने हो भने संस्थानलाई अन्यायमा पारेको महशुस गर्न सकिन्छ र पछिका दिनहरुमा प्रतिष्ठानले सम्पादन गर्ने उस्तै कामहरु सम्पादन गर्ने उस्तै प्रकृतिको संस्थानको आवश्यकता नहुन पनि सक्दछ । अनि संस्थान र यसमा कार्यरत कर्मचारीहरुको भविष्य नै अन्यौलग्रस्त नहोला भन्न सिकंदैन । त्यसैले यदि सरकारले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान स्थानपना गर्ने हो भने यो संस्थानलाई समायोजन गरेर वा यसैलाई नै सो प्रज्ञा प्रतिष्ठान बनाउनुपर्दछ । प्रतिष्ठानमा बदलेर यसलाई अगाडि बढाउने हो भने संस्थानले नयाँ उत्तरदायित्व लिएको महशुस गर्नेछ र घोषित वा अघोषित लक्ष्य तथा उद्देश्य अनुसार यसले आफ्नो कार्यक्रम द्रुत गतिमा साचालन गर्न प्रतिबद्धता जाहेर गर्दछ । यसका लागि सरकारले नयाँ सोच शैली तथा रणनीतिहरु तय गर्न गहिरो गृहकार्य गर्नुपर्ने हुन्छ । 
© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
Activities
Upcoming Programme
news/press release
publications
programs List
feedback
Admission Form
Tender Notice and Form
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal




 
पवित्रा पंगेनी 
सूचना अधिकारी 
9843218960
01-4222232
Audio Notice Board No.
1618014221194