साँस्कृतिक संस्थान एक परिचय
नेपाली नाटक संगीत र नृत्यको संस्थागत बिकास गर्ने उद्देश्यले वि।सं।२००७ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको सूचना पाइन्छ । यस सन्दर्भमा वि।स। २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण गरिएको थियो । िसंहदरवार नाचघर बाहेक नेपालको जनस्तरको पहिलो नाट्यशाला यही राष्ट्रिय नाचघर नै हो । २०१७ सालमा आगलागी भएपछि यसको पुन ः निर्माण भयो र २०१७ साल कात्र्तिक ६ गते तत्कालीन राजा महेन्द्रबाट यस नाचघरको उद्घाटन गरियो । काठमाण्डौंको जमलस्थित यो राष्ट्रिय नाचघर वि।सं। २०२९ सालसम्म कहिले संस्कृति विभाग अन्तरगत कहिले पुरातत्व विभाग अन्तरगत कहिले सूचना विभाग अन्तरगत र कहिले प्रसार विभाग अन्तरगत रह्यो र संचार संस्थान ऐन २०२८ अनुसार २०२९ असार ५ गते यो राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानका रुपमा स्थापित भयो ।
सांस्कृतिक नवजागरण गराई सर्वसाधारणलाई स्वस्थ मनोराजन उपलब्ध गराउने राष्ट्रियपन भएको सांस्कृतिक कार्यक्रम तयार गरी त्यसको सजीव प्रदर्शनद्धारा जनसाधारणका लागि स्वस्थ मनोराजन उपलब्ध गराउने एंव नेपालको गोैरवशाली संस्कृति र परम्पराको निवार्ह र विकास गर्दे जनताकेा बौद्धिक आवश्यकता पूर्ति गर्ने खालका साँस्कृतिक कार्यक्रम तयार गरी महत्वपूर्ण पर्व समारोहहरुमा प्रदर्शन गर्ने उद्देश्यले यस संस्थानको गठन गरिएको हो । स्थापना कालमा यस संस्थानको प्रशासनिक कार्यालय िसंहदरवारमा थियो र प्रर्दशनका कार्यक्रम भने राष्ट्रिय नाचघरमा हुन्थे । िसंहदरवार आगलागीमा परे पछि राष्ट्रिय नाचघरको परिसरमा सांस्कृतिक संस्थानको प्रशासनिक भवन बन्यो । त्यसपछि सांस्कृतिक संस्थानका सम्पूर्ण कार्यहरु यहीँ जमलबाट हुन थाले । राष्टिय नाचघरको २०५९।६० सालमा नयाँभवन निर्माण प्रारम्भ भयो र २०६५।६।१८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट यस भवनको उद्घाटन भयो र हाल अर्काे भवन पनि बनिरहेको छ । यस संस्थानले नियमित रुपमा केही शुल्क लिई सर्वसाधारणको मनोराजनका लागि नाटक नृत्य संगीत आदि कार्यक्रम प्रर्दशन गर्दै आइरहेको छ । यहाँबाट नेपाली सामाजिक धार्मिक एवं ऐतिहासिक पृष्ठभूमिमा आधारित सामान्य नाटक गीतिनाटक लोकनाटक एंव नृत्यनाटकका साथै हास्यव्यड्ग्य माचन पनि भइरहेका छन् ।
सांस्कृतिक संस्थानबाट माचन भएका केही मुख्य नाटकहरुमा जगन्नाथ तिमि_िल्सनाको निर्देशनमा भीमनिधि तिवारीको सत्य हरिश्चन्द्र विजयमल्लको हवाइ दुर्घटना नाम नभएको मानिस जीतेन्द्र महत अभिलाषीको निर्देशनमा समजीको अन्धवेग हरिप्रसाद रिमालको निर्देशनमा मनबहादुर मुखियाको क्रसमा टागीएको जिन्दगी समजीको अमर सिह मुकुन्द इन्दिरा गेापाल प्रसाद रिमालको मसान केशबराज िपंडालीको यमपुरीमा जिउदो मान्छे गणेश रसिकको के सक्कली के नक्कली संयोग मुकुन्द श्रेष्ठको भोजन भट्ट महेश थापाको लेखन तथा निर्देशनमा कुहिरो भित्र अल्मलिदामुकुन्द श्रेष्ठको निर्देशनमा साहुजीकी लाटी स्वास्नी प्रभाकर शर्माको निर्देशनमा तड्पिएको आत्मा सत्यको प्रतिक्षा सर्पका पाइला रिसानी माफ है शोक धुन बीरेन्द्र हमालको निर्देशनमा हेलो आउट देयर रणदुल्लभ आदि लगायत मुनामदनकुिाजनीश्री कृष्णको लिला संरक्षण राजकुमार विश्वन्तर संकल्प भृकुटी मुटुको व्यथा आदि पनि प्रस्तुत गरिएको छन् । हालै यस संस्थानले प्रभाकर शर्माको निर्देशन र वीरेन्द्र हमालको सह निर्देशनमा संसारकै महान दश नाटककारहरुमध्ये पर्ने लगभग ई।पू। सातौं शताब्दी तिरका मानिने संस्कृतका प्राचीन नाटककार भास रचित प्रेमप्रणय देशभक्ति त्याग समर्पण कोमलता र रोमााचकताले भरिपूर्ण वासवदत्ताको सपना नामक नाटक यही मंसिर २३ गते प्रदर्शनका लागि तयारी गर्दैछ ।
यस संस्थानले गर्दै आएका अन्य विविध प्रकृतिका कार्यक्रमहरु यस प्रकार छन् ः
- राष्ट्रिय सांस्कृतिक महोत्सव - क्षेत्रीय नाटक प्रतियोगिता - विविध सांस्कृतिक कार्यक्रम
- क्षेत्रीय लोक नृत्य प्रतियोगिता - शास्त्रीय सङ्गीत उत्सव- गायन प्रतियोगिता
- नाटक सप्ताह - कलाकार प्रशिक्षण- हास्य ब्यङ्ग्य कार्यक्रम
- भक्ति सङ्गीत कार्यक्रम - अन्तर्राष्ट्रिय सङ्गीत दिवस
साथै सांस्कृतिक संस्थानमा हाल सुरक्षित रहेका र जुनसुकै वेला पनि देखाउन सकिने नृत्यहरु यस प्रकार रहेका छन् ः
१। माजुश्री२। आर्यतारा ३। पंचबुद्ध
४। कुमारी ५। भैरबकाली ६। बज्रयोगिनी
७। स्यावु्र दुई प्रकारका८। तामाड्र सेलो दुई प्रकारका ९। साकेला
१०। धिमाल११। सतार१२। धिन्तामै दुई प्रकारका
१३। धिमे दुई प्रकारका१४। कौरा दुई प्रकारका१५। घाटु
१६। सोरठी१७। चरित्१८। काठे भुयाउरे
१९। भुयाउरे तीन प्रकारका२०। ठाडो भाका२१। लाखे
२२। झुमरा२३। झाँगड दुई प्रकारका२४। सामा चकेवा
२५ं सुनबालुवा२६। भोजपुरी दुई प्रकारका२७। झिझिया
२८। हुड्केली२९। मगरे भुयाउरे३०। सरङ्गे
३१। मयूर३२। याक३३। ट्याम्कुली
३४। टप्पा३५। सिड्गारु३६। मगौटा
३७। चण्डालिका३८। झोरा३९। संगिनी
४०। मारुनी दुई प्रकारका४१। माझी
जम्मा ५१ प्रकारका
साथै बन्द गर्न नहुने सुधारसहित सन्चालन गर्नुपर्ने देशका संस्थानहरुको सूचिमा यो सांस्कृतिक संस्थान पनि परेको छ । यस सम्बन्धी यहाँहरुले आफ्ना सुझाब सल्लाहा र आलोचनाहरु पे्रषित गर्नुभई सहयोग गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
Aims and Objectives :
The aims and objectives of the corporation are as follows :
- To provide a healthy entertainment to the general public by reviving the traditional culture of the country.
- To prepare National Cultural Programs and make it accessible to the general public.
- To prepare cultural programs that give continuity to Nepal's glorious culture and tradition to fulfill the intellectual requirements of the general public by showing these programs at various national festivals .
Apart from these objectives, the corporation is committed to preserve, flourish and spread the folk cultures of Nepal.
स्थापना ः
सांस्कृतकि संस्थानको स्थापना वि.सं. २०२९ साल आषाढ ५ गते भएको हो । नेपाल सरकारको पूर्ण स्वामीत्वको यो संस्थान का।म।न।पा। वडा नं। ३० जमलमा अवस्थित छ । यहाँ ५ रोपनी ४ आना २ पैसाको परिसरभित्र एक कार्यालय भवन र एक राष्ट्रिय नाचघर रहेको छ ।
उद्देश्य ः
यस संस्थानको मूल उद्देश्य सांस्कृतिक नवजागरण गराई सर्वसाधरणलाई स्वस्थ मनोराजन उपलब्ध गराउनु नेपाली लोक सांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्नु नेपालको गौरवशाली संस्कृति र परम्पराको निर्वाह र विकास गर्दै जनताको बौद्धिक आवश्यकतासमेत पूरा गर्ने र महत्वपूर्ण पर्व समारोहमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नु आदि रहेको छ । यी उद्देश्यका अतिरिक्त संस्थान नेपाली लोक संस्कृतिको संरक्षण सम्बद्र्धन प्रचार प्रसारमा सधैं कि्रयाशील रहिआएको .छ