कलाकार प्रशिक्षण कार्यक्रम समापन
सांस्कृतिक संस्थानद्वारा आयोजना गरिएको १९ औ कलाकार प्रशिक्षण कार्यक्रम यहि २०७३ जेस्ठ ११ गते संस्थान का महाप्रबन्धक श्री राजेश थापा ज्यु को अधक्ष्यतामा बिबिध कार्यक्रम गरि समापन गरियो । कार्यक्रम को सुरुवात बाद्यबादन का कलाकारहरु द्वारा विभिन्न धुनहरु बाट सुरु गरिएको थियो भने अभिनय विधाका कलाकारहरु द्वारा प्रस्तुत नाटक थिबिया निकै रोचक थियो । सो नाटक लाई संस्थानका महाप्रबन्धक ज्यु ले आगामी दिनमा संस्थानमा प्रस्तुत हुने समेत बताउनु भयो कार्यक्रम मा प्रस्तुत भएको सबै कार्यक्रम हरु संस्थानमा प्रशिक्षण लिएका कलाकार हरु द्वारा प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा संस्थानमा प्रशिक्षण लिएका कलाकारहरुलाई संस्थानका महाप्रबन्ध ज्यु ले प्रमाणपत्र र अबिर लगाई सम्मान गरि बिदाई गरिएको थियो ।