अध्यक्षलाई बिदाइ सदस्यलाई स्वागत

काठमाडौं:- सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले पदबाट राजीनामा दिई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत भएकाले बिदाइ गरिएको छ । लगभग चार दशकदेखि सांस्कृतिक क्षेत्रमा अनवरत क्रियाशील अधिकारी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष पनि हुनुहुन्छ ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारमा सिफारिस भएपछि उहाँले सांस्कृतिक संस्थानको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । संंस्थानमा २०७२ सालबाट २०७६ सालसम्म चार वर्ष सञ्चालक समितिको सदस्य भएर काम गर्नु भएका अधिकारी २०७६ पुस १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट संस्थानको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
सो अवसरमा सांस्कृतिक संस्थान सञ्चालक समितिको सदस्यमा नियुक्त हुनुभएका तिलकबहादुर खड्कालाई संस्थानमा स्वागत गरिएको छ । अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा समितिको सदस्यमा नियुक्त हुनुभएका खड्का आन्तरि राजस्व कार्यालय महाराजगंजमा कार्यरत हुनुहुन्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमूख डा. सुरेश सुरस श्रेष्ठ, संस्थानका महाप्रबन्धक अशोककुमार राई, सञ्चालक समिति सदस्य पुण्यमाया गुरागाईंलगायतले अध्यक्षलाई बिदाइ तथा नवनियुक्त सदस्यलाई स्वागत गर्नुभएको थियो । 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्