सांस्कृतिक संस्थानको उद्देश्य

सांस्कृतिक संस्थानको मुख्य उद्देश्य सांस्कृतिक जागरण गराई स्वस्थ मनोरञ्जन दिनु, मुलुकका महत्वपूर्ण समारोह, पर्व एवं अवसरमा सांस्कृतिक कार्यक्रम तयार गरी प्रस्तुत गर्नु, जनचेतनामूलक कार्यक्रम तयारी गरी सञ्चालन गर्नु रहेको छ । लोकसंस्कृतिको खोज, अनुसन्धान, संरक्षण, प्रवद्र्धन एवं दस्तावेजीकरण गर्नु पनि संस्थानको उद्देश्यभित्र पर्दछ । लोकसंस्कृतिको माध्यमबाट जनताको बौद्धिक आवश्यकता पूरा गर्नु, नेपाली लोककला र लोकसंस्कृतिको जगेर्ना गर्नु, लोकपरम्पराको विकास एवं विस्तार गर्नुका साथै आफ्नो उद्देश्यअनुसार संस्थानले नयाँ प्रतिभाको खोजी गरी अवसर प्रदान एवं नृत्य, गायन, अभिनय, वाद्यवादन लगायत विभिन्न विधामा प्रशिक्षण समेत दिँदै आएको छ ।

आफ्नो लक्ष्य र उद्देश्य प्राप्तीका लागि संस्थानले प्रशासन, लेखा, हल, योजना तथा कार्यक्रम, संगीत, नृत्य, नाट्य, अभिलेख शाखा, भण्डार शाखा गरी जम्मा नौ वटा शाखाहरु स्थापना गरी काम गर्दै आएको छ। संस्थानले आफ्नो लक्ष्य र उद्देश्य मिल्ने सरकारी एवं गैरसरकारी निकायसँग समन्वय र सहकार्य समेत गर्ने गरेको छ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्