महाप्रबन्धकको भनाइ

कुनै पनि राष्ट्रको पहिचान तथा अस्तित्व त्यस राष्ट्रको लोकसंस्कृति भित्र लुकेको हुन्छ संस्कृतिको उचित संरक्षण तथा प्रवर्द्धन हुन नसके राष्ट्रको अस्तित्व रहन सक्दैन । æसंस्कृतिÆ शब्द आफैमा व्यापक छ । संस्कृतिलाई सामान्य रूपमा नाचगानको रूपमा बुझ्ने गरिन्छ तर संस्कृति भित्र मानवसृष्टिकाल देखि हालसम्मका जीवनजगतका कुराहरू पाइन्छन् संस्कृतिलाई कला, साहित्य, ईतिहास, भाषा, धर्म, दर्शन, रीतिरिवाज, मूल्यमान्यता, परम्परा तथा जीवन पद्धतिको एकमुष्ट स्वरुपको रूपमा व्याख्या तथा विश्लेषण गरिनुपर्दछ । संस्कृति नै मानवजातिको जीवन पद्धति हो । एक मानिसको संस्कार, शिष्टाचार, भाषा, धर्म, भेषभूषा, कला आदि उसको संस्कृति हो । सांस्कृतिक तत्वका रूपमा रीतिरिवाज तथा परम्परा, मूल्यमान्यता, नीतिनियम तथा कानुन, जीवनशैली तथा वास्तुशैली, आचरण तथा व्यवहार, भेषभूषा तथा रहनसहन, सामाजिकस्तर तथा जीवनस्तर, आफ्नो जातिभाषाधर्म आदि पर्दछन्  

 

नेपाल बहुल जाति, भाषा, धर्म तथा संस्कृतिको धनी राष्ट्र हो यहाँ हरजातिका आफ्नै संस्कृति रहेका छ्न् । भौगोलिक हिसाबले सानो देश भएता पनि सांस्कृतिक हिसाबले विशाल तथा व्यापक संस्कृतिको संरक्षण, प्रवर्द्धन एवम् पुस्तान्तरण आजको आवश्यकता हो संस्कृतिलाई संस्थागत रुपमा संरक्षण गरी अघि बढाउने उद्देश्यले वि.सं २०१६ सालमा अवधारणा तयार गरी वि.सं. २०१८ सालमा आधिकारिक रूपमा राष्ट्रिय नाचघरको स्थापना भयो विविध आरोहअवरोह पार गर्दै सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत वि.सं २०२९ साल असार गते राष्ट्रिय नाचघर औपचारिक रूपमा सांस्कृतिक संस्थानको रूपमा गठन भयो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानले संस्कृति संरक्षण, प्रवर्द्धन तथा विकासका लागि निरन्तर कार्यहरू गर्दै आएको सर्वविदितै सांस्कृतिक संस्थानबाट हालसम्म भएका कामहरूलाई शिरोपर गर्दै संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नयाँ शिराबाट अघि बढ्न जरुरी अमूर्त लोकसंस्कृति अन्तर्गत लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकवाद्य, लोकनृत्य लोकनाटकलाई खोजअनुसन्धान गरी त्यसलाई संस्थागत रूपमा अघि बढाई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गरी आर्थिक समृद्धिको आधार निर्माण गर्न जरुरी  

 

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानले नेपाल सरकारले अघि सारेका कार्यनीतिलाई शिरोपर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि सारेका योजनालाई उचित किसिमले कार्यान्वयन गर्नु संस्थानको अभिभारा हो संस्कृतिलाई उद्योगको रुपमा विकास गरी  आर्थिक समृद्धिको आधार निर्माण गर्न निम्न कुरालाई आत्मसात गर्न जरुरी    

 . संस्थान भित्र सुशासन एवम् सुव्यवस्था

. संरक्षण (संस्कृति संरक्षण, प्रवर्द्धन, रुपान्तरण एवम् पुस्तान्तरणका लागि सातै प्रदेशमा सांस्कृतिक सम्मेलन तथा प्रदर्शन कार्यक्रमलाई जोड दिनुका साथै संस्कृतिको खोजअनुसन्धानलाई प्रोत्साहन)

. संस्कृति प्रदर्शन "Cultural Exchange" कार्यक्रममा जोड (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा)

. सांस्कृतिक सङ्ग्रहालय स्थापनाको लागि पहल

. सांस्कृतिक संस्थानको समस्यालाई हल गर्दै संस्थाको हित विकासमा जोड

. सुरक्षा (संस्कृतिविद् , साहित्यकार, कलाकारहरू संस्थानमा कार्यरत दिग्गज कर्मचारीहरू दीर्घ    रोगबाट ग्रसित हुँदा जीवन रक्षाको लागि पहल)

. सहकार्य तथा समन्वय (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित सरकारी एवम् गैरसरकारी विविध संघसंस्था एवम् सरोकारवाला निकायसँग सहकार्य समन्वय_

. सद्भाव (आन्तरिक रूपमा कर्मचारीहरूसँग पारिवारिक सद्भाव तथा बाह्य रूपमा देश देखि विदेश सम्मका हर नेपालीसँग मैत्रीपूर्ण सद्भाव_

. समान विकास (संस्थानका सबै विधाहरू गायन, वादन, नृत्य नाटकको समान रूपमा विकासमा जोड)

१०. समृद्धि (संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास)

११. सांस्कृतिक संस्थानको हर गतिविधिलाई डिजिटल पद्धतिमा विस्तार  

 

दुई दशकदेखिको  मेरो साङ्गीतिक अनुभव, सङ्गीत बाटै स्नातकोत्तर सम्मको अध्ययनको अनुभव, कलासंस्कृति सम्बन्धि विविध संघसंस्थाको नेतृत्व लिँदाको अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपका सरकारी एवम् गैरसरकारी संघसंस्था सँग आवद्ध रही काम गरेको अनुभवलाई आत्मसात गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्ययोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न विचलित नभई लागि पर्ने प्रण गर्दछु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्कृति तथा गीतसङ्गीतसँग सम्बन्धित सबै सरकारी एवम् गैरसरकारी संघसंस्थालाई एकीकृत गरी सहकार्य तथा समन्वयको माध्यमबाट सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको विकास गरी आर्थिक समृद्धि , सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा विशेष जोड दिने कुरामा सदा प्रतिबद्ध छु  

 

अन्ततः æ बचाउँछु मेरो संस्कृति, सिकाउँछु मेरो संस्कारÆ भन्ने भावना सदा जागृत गराई संस्कार, संस्कृति मार्फत समाजमा जागरण एवम् नैतिक शिक्षा सिकाउने कुरा शिरोपर गर्दै सत्यपथमा हिड्ने प्रण गर्दछु नेपाल आमाको आशिर्वाद तथा संस्कृतिको चिन्तनमनन गर्नुहुने सारा नेपालीहरुको साथ पाउने अपेक्षा गर्दछु नेपालको संस्कृति नरहे नेपाल नेपालीको अस्तित्व रहँदैन भन्ने कुरा सबैले मनन गरी संस्कृतिको संरक्षण, प्रवर्द्धन, रुपान्तरण पुस्तान्तरण गर्नुका साथै सांस्कृतिक पर्यटन सांस्कृतिक उद्योगको रूपमा संस्कृतिलाई विकास गर्न सके समृद्ध राष्ट्र निर्माणको लागि टेवा पुग्नेछ  

 

धन्यवादनमस्कार ।

किरण बाबु पुन

महाप्रबन्धक

 

 

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्