हल भाडा

 

सांस्कृतिक संस्थानसँग ठुलो प्रेक्षालय, मिनी हल, सेमिनार हल र अभ्यास कक्षा गरी चार वटा हल रहेका छन्। देशका विभिन्न कार्यक्रम हुँदै आएका यी हल संस्थानले आफ्नो लक्ष्य र उद्देश्य मिल्ने अन्य सरकारी एवं गैरसरकारी निकायलाई भाडामा पनि दिने गरेको छ।
संस्थानको मुख्य हल ‘सत्यमोहन जोशी प्रेक्षालय’मा ७०० सिट क्षमता रहेको छ । नेपालका धेरैजसो कार्यक्रम यही हलमा हुने गरेको छ। संस्थानको मिनी हल गोपालप्रसाद रिमाल प्रेक्षालयमा १०४ सिट क्षमता रहेको छ भने सेमिनार हलमा लगभग ५० सिट क्षमता रहेको छ। अभ्यास कक्षामा एकै पटक लगभग ५० जना कलाकार नृत्य वा अन्य अभ्यास गर्न सक्ने क्षमता रहेको छ। हल भाडामा प्रयोग गर्दा लाग्ने दस्तुर र अन्य प्रावधान देहाय बमोजिम रहेको छ।

प्रेक्षालय

समय सिफ्ट भाडा रु धरौटी (फिर्ता हुने)
०७ – ०१ विहान ६०,०००/– २०,०००/–
०२ – ०८ दिउँसो ६०,०००/– २०,०००/–
प्राइम टाइम  रोजेको समय ८०,०००/– २५,०००/–
एक दिन  १० घण्टा १,००,०००/– २५,०००/–


नोट :
क. तोकिएको समयभन्दा बढी समय हल प्रयोग भए प्रत्येक घण्टाको थप ५,०००/– रुपैयाँ लाग्नेछ । थपिएको समय आधा घन्टाभन्दा बढी भए एक घण्टा मानिने छ। विहानको सिफ्टमा थप एक घन्टाभन्दा बढी प्रयोग गर्न पाइने छैन।
ख. शनिबार वा सार्वजनिक विदाको दिन प्रत्येक एक सिफ्टमा ५,०००/– र प्राइम टाइम एवं पुरा दिनका लागि १०,०००/– रुपैयाँ थप दस्तुर लाग्ने छ।

 

मिनी हल

समय सिफ्ट भाडा रु धरौटी (फिर्ता हुने)
०७ – ११ विहान १०,०००/– ५,०००/–
१२ – ०४ दिउँसो १२,०००/– ५,०००/–
०५ – ०९ बेलुकी १०,०००/– ५,०००/–
प्राइम टाइम  रोजेको समय १५,०००/– ५,०००/–
एक दिन १० घण्टा २५०००/– ५,०००/–
एक दिन रात  २४ घण्टा ३५०००/– ५,०००/–


नोट : तोकिएको समयभन्दा बढी समय प्रयोग भए प्रत्येक घण्टाको थप २५००/– रुपैयाँ लाग्नेछ । थपिएको समय आधा घन्टाभन्दा बढी भए एक घण्टा मानिने छ।

 

सेमिनार हल

समय सिफ्ट भाडा रु धरौटी (फिर्ता हुने)
०७ – ११ विहान ५,०००/– ५,०००/–
१२ – ०४ दिउँसो ५,०००/– ५,०००/–
०५ – ०९ बेलुकी ५,०००/– ५,०००/–
प्राइम टाइम रोजेको समय १०,०००/– ५,०००/–
एक दिन  १० घण्टा १५०००/– ५,०००/–


नोट : तोकिएको समयभन्दा बढी समय प्रयोग भए प्रत्येक घण्टाको थप १५००/– रुपैयाँ लाग्नेछ। थपिएको समय आधा घन्टाभन्दा बढी भए एक घण्टा मानिने छ।

 

अभ्यास कक्ष

समय भाडा रु
विहान ७ः०० देखी १०ः०० बजेसम्म १५००/–
विहान ११ः०० देखी दिउँसो २ः०० बजेसम्म १५००/–
दिउँसो ३ः०० देखी बेलुकी ६ः०० बजेसम्म १५००/–
बेलुकी ७ः०० देखी राती १०ः०० बजेसम्म १५००/–


नोटः तोकिएको समयभन्दा बढी समय प्रयोग भए प्रत्येक घण्टाको थप ५००/– रुपैयाँ लाग्नेछ। थपिएको समय आधा घन्टाभन्दा बढी भए एक घण्टा मानिने छ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्