ताजा खवर

हाम्रो बारे

संस्थानको एक परिचय

नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत बिकास गर्ने उद्देश्यले वि.सं. २००७ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको सूचना पाइन्छ । तरपनि यस सन्दर्भमा वि.स. २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण भई अाधिकारीकरुपमा नाचघरकाे स्थापना भने २०१८ साल कार्तिक २८ गते भएकाे हाे । नाचघर २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग र कहिले प्रसार विभाग अन्तर्गत रही २०२९ साल आषाढ ५ गते सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत सांस्कृतिक संस्थान स्थापना भई यसमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्ने थलोको रुपमा रह्यो । यो नेपाल सरकारको पूर्ण स्वामित्वको संस्थान हो । यस संस्थानले आफ्नो कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा सरकरी एवं गैरसरकारी निकायहरुसँग समेत समन्वय गर्ने गर्दछ । यसले आफ्नो नियमित कार्यक्रमको प्रर्दशन अन्तर्गत निशुल्क तथा सुपथ मूल्यमा टिकठ बिक्रि गरी सर्वसाधारणलाई स्वस्थ मनोरञ्जन उपलब्ध गराउन धार्मिक, सामाजिक तथा हास्यनाटकको अत्तिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोक गीत, आधुनिक गीत एवं परम्परागत शास्त्रीय–नृत्य तथा लोक नृत्यहरुले भरिपूर्ण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
२. संस्थानका उदेश्यहरु
क) सांस्कृतिमक नवजागरण गराई सर्वसाधारणलाई स्वस्थ मनोरञ्जन उपलब्ध गराउने ।
ख) सांस्कृतिक कार्यक्रम तयार गरी त्यसको सजीव प्रदर्शनद्धारा जनसाधारणको लागि स्वस्थ मनोरञ्जन उपलब्ध गराउने ।
ग) नेपालको गौरवशाली संस्कृति र परम्पराको निर्वाह र विकास गर्दै जनताको बौद्धिक आवश्यकता समेत पूर्ति गर्ने ।
घ) सांस्कृतिक कार्यक्रम तयार गरी महत्वपृर्ण एवं र समारोहमा प्रदर्शन गर्ने ।

बाकी ...

आउँदो कार्यक्रमहरु

थप पढ्नुहोस्

सूचना तथा जानकारी

थप पढ्नुहोस्

गतिविधिहरु

थप पढ्नुहोस्

भिडियो ग्यालरी

सबै हेर्नुहोस

Contact Us

    • Address: Jamal, Kantipath, Kathmandu, Nepal
    • Phone: +977-01-4226196, +977-01-4241398
    • Fax: +977-01-4224760
    • Email: info@sanskritiksansthan.org.np
    • General Manager:- 9851184646
    • Accountant:- 9849755799
    • Kathmandu Nepal
    • 01-4222232

सूचना अधिकारी

पवित्रा पंगेनी
9843218960
01-4222232