सांस्कृतिक संस्थानको सेवाहरू

सांस्कृतिक संस्थानसँग ठुलो प्रेक्षालय, मिनी हल, सेमिनार हल र अभ्यास कक्षा गरी चार वटा हल रहेका छन्। देशका विभिन्न कार्यक्रम हुँदै आएका यी हल संस्थानले आफ्नो लक्ष्य र उद्देश्य मिल्ने अन्य सरकारी एवं गैरसरकारी निकायलाई भाडामा पनि दिने गरेको छ।

संस्थानको मुख्य हल ‘सत्यमोहन जोशी प्रेक्षालय’मा ७०० सिट क्षमता रहेको छ । नेपालका धेरैजसो कार्यक्रम यही हलमा हुने गरेको छ। संस्थानको मिनी हल गोपालप्रसाद रिमाल प्रेक्षालयमा १०४ सिट क्षमता रहेको छ भने सेमिनार हलमा लगभग ५० सिट क्षमता रहेको छ। अभ्यास कक्षामा एकै पटक लगभग ५० जना कलाकार नृत्य वा अन्य अभ्यास गर्न सक्ने क्षमता रहेको छ।

-हल भाडा
-
कलाकार प्रशिक्षण
-
कलाकार प्रमाणीकरण
-
सांस्कृतिक कार्यक्रम
-
नाटक मञ्चन

-शिक्षण पद्धतिको विकास गर्न नाटक तथा एकाङ्की (श्रव्यदृश्य सामग्री) उत्पादन गर्ने
-
वृत्तचित्र (नियात्रासँग सम्बन्धित श्रव्यदृश्य उत्पादन गर्ने

-पाठ्यक्रममा समावेश भएका उपन्यासलाई नाट्य रुपान्तरण गरी नाटक मञ्चन गर्ने  

-अनुसन्धान एवं दस्तावेजीकरण

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्