‘माटोको गीत’चौथो श्रृंखला

२०८० पौष २० गतेको प्रमुख अतिथि मा. मन्त्री सुदन किरातीबाट कार्यक्रममा सहभागी सम्पूर्ण कलाकार तथा कार्यक्रम ब्यबस्थापनमा खटिनु हुने मानुभावहरुलाई प्रमाण पत्र हस्तान्तरण गरी कार्यक्रम समापन भएकोे थियो । चौथो श्रृखलाका दिन बैकिङ क्षेत्र, शिक्षा क्षेत्र र विभिन्न जातजाति, विभिन्न सांस्कृतिक अन्वेषकहरु, लेखक, प्राध्यापक आदिको उपस्थिति रहेको थियो ।
नेपाल पर्यटन बोर्ड र संस्कृति संस्थानको सहकार्य रहेको यस कार्यक्रममा विविधता ल्याउनका लागि समय, सन्दर्भ र ऋतु अनुसार प्रस्तुतिहरु फरक फरक हुने छन् भने सबै प्रस्तुतिहरुलाई अभिलेखीकरण गरी निकट भविष्यमै डिजिटल लाइब्रेरी तयार गर्ने संस्थानको योजना रहेको छ ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्