इलाममा कलाकार प्रशिक्षणमा उत्साहजनक सहभागिता

इलाम:- अभिनय, नृत्य, गायन र वाद्यवादनप्रति रुचि भएका विद्यार्थीका लागि इलाममा सांस्कृतिक संस्थानका प्रशिक्षकद्वारा सप्ताहव्यापी कला प्रशिक्षण कार्यशाला आयोजना गरिएको छ । ‘मौलिक पहिचान जोगाऔं, लोकसंस्कृति बचाऔं’ भन्ने नाराका साथ इलामको सूर्योदय नगरपालिकास्थित करफोक विद्यामन्दिर माविमा प्रशिक्षण सञ्चालन गरिएको हो ।
करफोक विद्यामन्दिर माविमा गत कात्तिकमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन सूर्योदय नगरपालिकाका मेयर आरबी राईले गर्नुभएको थियो । इलामका उदीयमान प्रतिभाहरूलाई कलाका विभिन्न विषयमा प्रशिक्षण दिएर यस क्षेत्रबाट अघि बढ्न सांस्कृतिक संस्थानले प्रेरित गरेकोमा मेयर राईले धन्यवाद दिँदै प्रशिक्षण कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
नगरपालिकाका उपमेयर दुर्गा बरालले उद्घाटन समारोहमा बोल्दै संस्थानका अनुभवी प्रशिक्षकबाट प्रशिक्षण कार्यक्रम आयोजना भएकाले यसबाट इलामका नवप्रतिभाहरू लाभान्वित हुने बताउनुभयो । प्रशिक्षणमा दुर्गाप्रसाद खतिवडाले बाँसुरीवादन, तीर्थराज पोखरेलले गायन, नरेश प्रजापतिले मादल र तवलावादन, राजभजन कामतले अभिनय र माया थापाले नृत्यसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा इलामका विभिन्न १३ विद्यालयमा अध्ययनरत १ सय ६० जना विद्यार्थी सहभागी थिए । २०७९ असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म चलेको प्रशिक्षण कार्यक्रमको समापन समारोहमा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई पनि सहभागी हुनुभएको थियो । समापन समारोहका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ........ एवं संस्थानका प्रशिक्षकहरूको संयोजनमा प्रशिक्षित विद्यार्थीले आआफ्नो विधामा प्रस्तुति दिएका थिए भने सबै प्रशिक्षाथीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्