नेपाल भारत संगीत साधना सुरु


काठमाडौं:- नेपालस्थित भारतीय राजदूतावास र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा मासिक धारावाहिक कार्यक्रम ‘नेपाल भारत संगीत साधना’ सुरु भएको छ । भारत स्वतन्त्रताको अमृत वर्ष एवं सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको अवसरमा कार्यक्रम सुरु भएको हो ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले करुण वंशल, सहिलकुमार, डा. आशावरी बापतलगायत भारतीय राजदूतावास काठमाडौंका उच्च अधिकारीहरूको उपस्थितिमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
धारावाहिक कार्यक्रम उद्घाटन समारोहमा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले नेपाल र भारतको मौलिक कला तथा संस्कृति एकआपसमा आदानप्रदान गर्न कार्यक्रम सेतु बन्ने बताउनु भयो । ‘दुवै देशको लोकसंस्कृति जनस्तरमा स्थापित गर्न भारतीय राजदूतावास काठमाडौं र सांस्कृतिक संस्थानले मासिक धारावाहिक कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा गीत, संगीत, वाद्यवादन, नृत्य, योग, चलचित्रलगायत प्रस्तुतिजन्य कलाका विधाहरू समेटिनेछ’, महाप्रबन्धक राईले भन्नुभयो ।
कार्यक्रममा बोल्दै स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय राजदूतावास काठमाडौंकी निर्देशक डा. आसावरी उदय बापतले सांस्कृतिक संस्थानसँगको सहकार्यमा सुरु भएको मासिक धारावाहिक कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । ‘नेपाल भारत संगीत साधना कार्यक्रमले दुई देशबीचको सांस्कृतिक एवं मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।
‘नेपाल भारत संगीत साधना’को दोस्रो संस्करणमा स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय राजदूतावासका कलाकारले प्रस्तुत गरेको गणेश बन्दना (भरत नाट्यम) नृत्य एवं सांस्कृतिक संस्थानका कलाकारको प्रस्तुति पञ्चतारा, कृष्णलीला, तरना आकर्षक थिए । कार्यक्रममा भारतकी चर्चित नृत्यांगाना डा. गोथामीको भरत नाट्यम तथा नेपाल र भारतका कलाकारबीच भरत नाट्यम र कत्थकमा प्रस्तुत गरिएको जुगलबन्दी रोमाञ्चक थियो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्