महाप्रबन्धकको नेतृत्वमा सरसफाइ अभियान

काठमाडौं:- काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेको बेला आफ्नो कार्यालय परिसर सफा राख्न र डेंगुबाट सुरक्षित रहन सांस्कृतिक संस्थानले सरसफाइ अभियान चलाएको छ । महाप्रबन्धक अशोककुमार राईको नेतृत्वमा संस्थानका कलाकार तथा कर्मचारीले कार्यालयभित्र र बाहिर सरसफाइ गरेको हो । २०७९ मंसिर १२ गते बिहान ११ बजेबाट सुरु भएको सरसरफाइ अभियान दिनभर चलेको थियो । सांस्कृतिक संस्थान बेलाबेलामा सामाजिक अभियानमा पनि सहभागी हुँदै आएको छ । महाप्रबन्धक राईले सरसफाइ अभियानमा उत्साहका साथ सहभागी सबै कलाकार तथा कर्मचारीलाई धन्यवाद दिनुभयो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्