मेलम्चीको ल्याएको खुसीयालीमा सांस्कृतिक कार्यक्रम

काठमाडौं:- मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा वितरण गर्ने औपचारिक समारोहमा सांस्कृतिक संस्थानका कलाकार टोलीले २०७७ चैत २० मा भृकुटीमण्डपमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी ओलीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भएको कार्यक्रममा संस्थानका कलाकारले गीत, नृत्य एवं अभिनयबाट मेलम्ची खानेपानी योजनामा आधारित विशेष प्रस्तुति दिएको हो ।
विशेष सांस्कृतिक प्रस्तुति काठमाडौंकी एक महिलाले बिहान धारा खोल्दा पानी नआएको दृश्यबाट सुरु भएको थियो । त्यसपछिको दृश्यमा मेलम्चीको पानी काठमाडौंको घरघरका धारामा आउँदा गृहणीहरूको खुसी देखाइएको थियो । यस प्रस्तुतिमा कलाकारहरू रेखा कटुवाल श्रेष्ठ, शवनम सिल्वाल, माया थापा, सुशीला थापा,  गीता थापा, सूर्या कार्की, दीपेश माझी, सनम खड्गी, छवि थापा, शेखर घर्ती, सुजित श्रेष्ठ र नवीन गुरुङ सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईद्वारा रचना गरिएको ‘पशुपतिको जलहरी सुनकै गजुर, मेलम्चीको कञ्चन पानी आयो हजुर’ बोलको गीत प्रस्तुत गरिएको थियो । लोकराज राईको संगीतमा तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, विपिन घिमिरे, दुर्गा परियार र राधिका भण्डारीले यो गीत गाउनुभएको थियो । गीतमा वाद्यवादनतर्फ मादलमा खर्कबहादुर बुढामगर, हार्मोनियममा नरसिंहलाल श्रेष्ठ, रिदम गितारमा लोकराज राई, बेस गितारमा अनुप दास, बाँसुरीमा दुर्गाप्रसाद खतिवडा, किबोर्डमा रोहित सुवेदी, तबलामा नरेश प्रजापती, सितारमा सीतामैयाँ राजचल र अक्टोप्याडमा तेजु श्रेष्ठ हुनुहुन्थ्यो । 
त्यसैगरी कार्यक्रममा प्रभाकरदेव शर्माको रचनामा ‘घर मेरो नेपाल जात हजुर नेपाली’ बोलको गीतमा नृत्य प्रस्तुत गरिएको थियो । विपिन घिमिरेको संगीत रहेको सो गीतको नृत्यका लागि शारदादेवी सिलवालले कोरियोग्राफी गर्नुभएको थियो । 


पशुपतिको जलहरी सुनकै गजुर
मेलम्चीको कञ्चन पानी आयो हजुर ।

हेलम्बुका गुम्बै गुम्बा फन्को हानीहानी
काठमाडौंको घरघरमा मेलम्चीको पानी
श्रमजीवी दिदीबहिनी धन्य दाजुभाइ
प्राविधिक हाम्रै हुन् सलाम सबैलाई ।

हिउँ खेल्दै मेलम्ची बग्छ भेमाथाङमा
पूरा भयो सपना मुहान अम्बाथाङमा
अघि बढौं हामी सबै शिर उचाली
बन्छ नेपाल समृद्ध सुखी नेपाली ।

रचना:- अशोककुमार राई
संगीत:-लोकराज राई
स्वर:- तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, विपिन घिमिरे, दुर्गा परियार र राधिका भण्डारी ।
...

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्