२८औं ब्याजमा ७४ जना कलाकार दीक्षित

काठमाडौं:- सांस्कृतिक संस्थानले सञ्चालन गर्दै आएको ६ महिने कलाकार प्रशिक्षण कार्यक्रमअन्तर्गत २८औं समूहको प्रशिक्षण सत्र सम्पन्न भएको छ । यस समूहका प्रशिक्षार्थीहरूले विभिन्न विधामा ६ महिने कोर्स पूरा गरेका हुन् । २८औं समूहमा अभिनयमा ३३ जना, मादलवादनमा ११ जना, बाँसुरीवादनमा ९ जना, नृत्यमा ८ जना र गायनमा १३ जना गरी ७६ जनाले प्रमाणपत्र लिनु भएको छ । 
कोर्स पूरा गरी प्रमाणपत्र हासिल गर्ने नृत्य विधातर्फ तनहुँकी वीना विक, गायक गुरुङ, सुनसरीका विकास अधिकारी, ओखलढुंगाका अर्जुन थापा, भक्तपुरकी निमिता थापा, दोलखाका मनिष कार्की, हेटौंडाकी रूपा आचार्य र काठमाडौंकी मनिष खड्का रहन भएको छ । त्यस्तै गायनतर्फ कञ्चनपुरका दीपकराज जोशी, कैलालीका दीपक ढुंगाना, भक्तपुरकी सम्झना थुसा, बाजुराकी सीताकुमारी रावल, काठमाडौंकी डिम्पल राजथला र ईश्वर महर्जन, दोलखाकी सुकुमाया तामाङ, सोलुखुम्बुकी सम्झना राई, खोटाङका खजन राई, काभ्रेका रमेशकुमार दनुवार, मोरङकी सुधा श्रेया दवाडी, झापाका मनिष खत्री र इलामका सरन राईले गायनतर्फ ६ महिने प्रशिक्षण पूरा गरी प्रमाणपत्र लिनुभएको छ ।
बाँसुरीवादनतर्फ नुवाकोटका विवेक धिताल, काभ्रेका सुमित रानामगर, जीवन अधिकारी र दीपेश पाठक, काठमाडौंकी साजन फुयाँल र अस्मिता लुइँटेल, भक्तपुरका रमेश बज्राचार्य, चितवनका अर्जुन सापकोटा र रुकुम पश्चिमको दिनेश परियार गरी ९ जनाले कोर्स पूरा गर्नु भएको छ ।
मादलवादनमा रामेछापका शम्भु श्रेष्ठ, दैलेखका मदन रेग्मी, बागलुङका सन्दिप श्रीष, सुनसरीका लेखनाथ सापकोटा, कैलालीका राम भण्डारी, धनकुटाका पदमकुमार राई, गुल्मीका केशवबहादुर राना, गोरखाका खलबहादुर थापामगर र सुमन श्रेष्ठ, भक्तपुरका सन्देश प्रजापति र श्यामबहादुर तामाङले प्रमाणपत्र हासिल गर्नुभएको छ ।
२८औं समूहमा सबैभन्दा बढी अभिनयमा २२ जना प्रशिक्षार्थीहरू दीक्षित हुनुभएको छ । जसमा काभ्रेका मनिष चौलागार्इं, कटहरियाका अर्जुनकुमार सोनार, उदयपुरका भेगबहादुर पहरी, दाङका सुदीप भुसाल, डँडेलधुराका लक्ष्मण देउवा र रमेशबहादुर खड्का, ओखलढुंगाका अर्जुन पोखरेल, खोटाङका राम पुरी, रोल्पाका वीरेन्द्र बुढामगर, प्युठानकी  अञ्जना जीसी, कालीकोटका ओम भोलामान बोगटी, कास्कीका नरहरि पराजुली, धादिङका गोविन्दबहादुर थापा र स्याङ्जाका प्रशान्त बगाले रहनु भएको छ । 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्