३२औं स्मृति दिवसमा स्वरसम्राट्का गीत 

काठमाडौं:- सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक एवं स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३२औं स्मृति दिवसका अवसरमा संस्थानमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरियो । मंसिर १९ गते आयोजित कार्यक्रममा सांस्कृतिक संस्थान र नारायणगोपाल संगीत कोषका कलाकारद्वारा नारायणगोपालका गीतहरू प्रस्तुत गरी उहाँको सम्मान तथा स्मरण गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा नेपाली गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापा र वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको थियो । अभिज्ञा घिमिरेले पोहोर सालखुसी फाट्दा र गायत्री त्रिपाठीले बोलबोल पाखाहरू बोलका सम्मानित स्रष्टाद्वयका गीत गाउनुभएको थियो । 
कार्यक्रममा गायक मदन गोपालले मेरो प्यारो ओखलढुंगा, शिशिर योगीले सागर भरि छाती चिरी, संगीत राना र मनमोहन थपलियाले गीत आज यौवनलाई बोलको नारायणगोपालका गीत गाउनुभएको थियो । त्यसैगरी वैभवविक्रम परियारले म जस्तै, धर्म मानन्धरले ए मलाई माया गर्छु भन्नेहरू, सञ्जीव चौधरीले आजै र राति, सदिहाङ राईले स्वर्गकी रानीजस्ता गीत गाएर स्वरसम्राट्प्रति सम्मान प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा तीर्थराज पोखरेलले विपना नभई, दीपेन्द्र बज्राचार्य र बबिता बज्राचार्यले तिमी देऊ या नदेऊ, विजयनारायण मानन्धरले सारा दिन अरूलाई, समृद्धि परियारले यसैगरी बिताइदिन्छु, देवेन्द्रमान सिंहले तिमीले भनेका सारादेव, किरण पुञ्जले यति धेरै मायाँ दिई बोलको गीत गाउनुभएको थियो ।
त्यसैगरी, डेनी निरौलाले मेरो गीत, अधिश्री कल्पालले तिमी जुन रहरले, शिला बिष्ट अली र विपिन घिमिरेले जीवनको हरेक मोडमा र नारायण ओलीले म मरे पनि मलाई बोलको गीत प्रस्तुत गरी नारायणगोपालको स्मरण गर्नु भएको थियो ।
अन्नपूर्ण चेम्बर अकेष्ट्राका वाद्यवादकसहितको समूहमा राजकुमार श्रेष्ठले कार्यक्रमलाई डोर्याउनुभएको थियो । तलेजु धनकुमारी कोषको संयोजन रहेको स्मृति दिवस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा स्वरसम्राट् नारायण गोपालको योगदानको चर्चा पनि गरिएको थियो । कार्यक्रम प्रतिनिधिसभाका सदस्य माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । 
०००

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्