कार्यक्रम सभापतिको धन्यवाद मन्तव्य


यहाँ उपस्थित सम्पूर्ण विधाका कलाकार श्रद्धेय व्यक्तित्वहरू, आदरणीय व्यक्तित्वहरू, कलाकारज्यूहरू, सांस्कृतिक संस्थान परिवार र उपस्थित आमन्त्रित मानुभावहरू ।

हामी सबै जातजाति भाषा धर्म भूगोलको पहिचानसहित लोकसंस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रस्तुतिका लागि नाच्ने गाउने रमाउने थलोको रूपमा रहेको यो राष्ट्रिय धरोहर सांस्कृतिक संस्थानको ५१औं वार्षिकोत्सवको अवसरमा म सांस्कृतिक संस्थान परिवार र यहाँहरू सबैलाई हार्दिक बधाई दिन चाहन्छु ।

सांस्कृतिक संस्थान नेपालको सम्पूर्ण लोकसंस्कृतिलाई जोड्ने माध्यम हो । यो सबैको साझा चौतारी हो । यसले सबैको मौलिकता, संस्कार, संस्कृति, नृत्य, गीतसंगीतलाई जोडेको छ र राष्ट्रियतालाई पनि बलियो बनाएको छ । यो संस्थाको ५१औं वार्षिकोत्सव मनाउन हामी यहाँ भेला भएका छौं । यो खुसीको विषय हो ।

सांस्कृतिक संस्थानलाई अझ सशक्त र आधुनिक प्रविधियुक्त संस्थानको रूपमा रूपान्तरण गर्न नेपाल सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता म मन्त्रालयको तर्फबाट यहाँ व्यक्त गर्दछु । साथै सांस्कृतिक संस्थानसँग आबद्ध सम्पूर्ण कलाकारहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनसमेत मन्त्रालयको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्दछु ।

संस्थानको ५१औं वार्षिकोत्सवको अवसरमा आज सम्मानित तथा पुरस्कृत हुनु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र सांस्कृतिक संस्थानका कर्मचारी साथीहरूलाई समेत म हार्दिक बधाई दिन चाहन्छु । यस संस्थानको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै आजको यो कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गर्दछु, धन्यवाद ।

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्