सांस्कृतिक संस्थानमा बुद्ध थिएटर फेस्टिवल

सांस्कृतिक संस्थान, डबली थिएटर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा बुद्ध थिएटर फेस्टिवल आयोजना भएको छ। २०७७ चैत ८ देखि १४ गतेसम्म सांस्कृतिक संस्थानमा भएको महोत्सवमा नेपालका ५ एवं भारत र हङकङको १, १ गरी ७ वटा नाटक मञ्चन गरिएको थियो। महोत्सवमा सांस्कृतिक संस्थानको तर्फबाट वीरेन्द्र हमालद्वारा निर्देशित नाटक ‘प्रतीत्य समुत्पाद’ प्रस्तुत गरिएको थियो।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्