इजिप्ट महोत्सवमा सांस्कृतिक संस्थानका कलाकार टोली

इस्मालिया:- इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’मा नेपालले पहिलो पटक भाग लिएको छ । महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईको नेतृत्वमा चार जनाको कलाकार टोली इजिप्ट पुगेको थियो । टोलीमा सारंगीवादक नरसिंहलाल श्रेष्ठ, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा र मादकवादक नरेश प्रजापति हुनुहुन्थ्यो ।
महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजरबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी थिए । ‘गार्डेन अफ इजिप्ट’ भनेर चिनिने सांस्कृतिक सहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृतिमन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहबीच महोत्सव उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आआफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास समेत गरेका थिए ।
उद्घाटन समारोहमा नेपाली कलाकार टोलीले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोकधुन प्रस्तुत गरेको थियो । महोत्सवमा नेपाललाई विशेष आकर्षणका रूपमा लिइएको थियो । २०२१ अक्टोबर २४ देखि ३० तारेखसम्म चलेको महोत्सव इस्मालियाका विभिन्न सांस्कृतिक एवं ऐतिहासिकस्थलमा सहभागी मुलुकको प्रस्तुतिसहित सातदिन चलेको थियो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्