राष्ट्रपतिको समुपस्थितिमा संस्थानको स्वर्ण महोत्सव

काठमाडौं:- सांस्कृतिक संस्थानले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी स्थापनाको ५०औं वार्षिकोत्सव मनाएको छ । असार ५ देखि ७ गतेसम्म चलेको स्वर्ण महोत्सव विशेष समारोहमा राष्ट्रपति भण्डारीले लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील सांस्कृतिक संस्थानलाई ५०औं वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिनुभएको थियो ।
‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘५० वर्षको इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनस्र्थापित गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु ।’
स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक एवं संस्थानका महाप्रबन्धक अशोककुमार राईले कार्यक्रममा स्वागत मन्तव्य राख्दै ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताउनुभयो । ‘देश भनेको चार किल्लाभित्रको ढुंगा माटोमात्र होइन । देश चिनाउन भाषा, भेषभूषा, रहनसहन अनि लोकसंस्कृतिको उच्चतम विकास आवश्यक छ’, महाप्रबन्धक राईले भन्नुभयो, ‘मुलुकको लोकसांस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोकसंस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो एवं रसिलो हुन सक्दैन ।’
स्वर्ण महोत्सवको अवसरमा संस्थानले नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई दीर्घ साधना सम्मान २०७९, वरिष्ठ रंगकर्मी ओममणि शर्मालाई राष्ट्रिय नाट्य पुरस्कार २०७९, वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरीलाई राष्ट्रिय संगीत पुरस्कार २०७९ र वरिष्ठ नृत्यकार सुरेश मिश्रलाई राष्ट्रिय नृत्य पुरस्कार २०७९ प्रदान गरिएको थियो । जनही ५१ हजार रुपैयाँसहितको सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपतिको हातबाट प्रदान गरिएको हो । समारोहमा राष्ट्रपतिबाटै संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्रदान गरिएको थियो ।
प्राज्ञ अशोक राईको संगीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र केशवराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रमले देश झल्काएको थियो । जसमा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म समेटिएका थिए । 
संस्थानले ‘५०औं वर्ष विशेष कार्यक्रम’बनाई एक वर्षभरि विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने योजना बनाई देशका विभिन्न स्थानमा सांस्कृतिक जागरणका लागि कार्यक्रम आयोजना गर्दै आएको छ । 
००००००

राष्ट्रपतिबाट भएको विशेष सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री
प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू
प्रज्ञा प्रतिष्ठानका कुलपतिहरू
सांस्कृतिक संस्थानका अध्यक्ष एवं पदाधिकारीहरू
राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, उपस्थित भद्र महिला तथा सज्जन वृन्द ।
नेपाली नाटक, गीत, संगीत र नृत्य कलाको संस्थागत विकास संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले स्थापित सांस्कृतिक संस्थानको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजित यस स्वर्ण महोत्सव उद्घाटन विशेष कार्यक्रममा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।
नेपाली लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा क्रियाशील सांस्कृतिक संस्थानले ५० वर्षको इतिहास बनाउनु आफैंमा गौरवको कुरा हो । यस सुखद अवसरमा म सम्पूर्ण सांस्कृतिक संस्थान परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । 
कला र संस्कृति कुनै पनि राष्ट्रको विशिष्ट पहिचान हो । समकालीन विश्वमा कुनै मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवद्र्धनका लागि त्यहाँको समाज र राष्ट्रले कसरी योगदान गरिरहेको छ, भने दृष्टिबाट समेत मापन गरिँदै आएको छ ।
यस सन्दर्भमा नाटक, गीत, संगीत नृत्य वाद्यवादनलगायत प्रस्तुतिजन्य कलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य छ, यसैले नेपाली रंगमञ्च संगीत र नित्य कलालाई समुन्नत बनाउन योगदान गर्ने स्रष्टा र नेतृत्वकर्ताहरूमा हार्दिक कृतज्ञता व्यक्त गदै म भन्न चाहन्छु नेपाल राष्ट्रले तपाईंहरूको सिर्जनामा गर्व गर्दछ र गर्व गरिरहनेछ, प्राचीन समयदेखि नै हाम्रा पूर्वजहरूले मौलिक कला र संस्कृतिको महत्व बुझेर तिनको जगेर्ना गर्न हामीलाई प्रेरित गर्दै आएका छन् । साहित्य, कला र संगीतले असल मानवीय भावनाको समेत प्रवद्र्धन गर्दछ । कला र सिर्जनाका यी हरेक विधा जीवनको बहुआयाम र बहुरंगलाई समेट्ने माध्यम भएकाले प्राचीनकालदेखि नै मानव सभ्यता त्यसतर्फ सधैं आकर्षित र उत्प्रेरण रहेको छ । 
सूचना तथा सञ्चार प्रवृत्तिको तीव्र विकास र यसमा सबैको सहज पहुँचका कारण आज विश्वको कुनै पनि स्थानमा घट्ने घटना गतिविधि संस्कृति एवं रहनसहन क्षणभरमा नै विश्वव्यापी बन्न सक्दछ, यसबाट एकातिर हाम्रा मौलिक कला र संस्कृतिलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने अवसर प्राप्त भएको छ भने अर्कातिर विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृतिहरू ओझेलमा पर्न सक्ने खतरासमेत उत्पन्न भएको छ । तसर्थ अब हामीले विश्वव्यापी दर्शक श्रोतालाई समेत लक्षित गरी व्यवस्थित प्रस्तुति एवं उत्कृष्ट प्रदर्शन क्षमताको विकास गर्नु आवश्यक छ । आफ्नो विशिष्टता कायम राख्दै हाम्रा रंगमञ्च सांस्कृतिक साजबाज र प्रस्तुतिको ढाँचामा समेत व्यापक सुधार गरिनु पर्दछ भन्ने मलाई लागेको छ । हाम्रा छिमेकी तथा मित्र राष्ट्रहरूमा साथै विश्वका विभिन्न मुलुकका सांस्कृतिक संस्था वा निकायहरूसँग भाइचारा सम्बन्धको विकास गर्दै सांस्कृतिक आदानप्रदानको माध्यमबाट समेत हामी नेपाली कला र संस्कृतिलाई बाह्य मुलुकहरूमा प्रवद्र्धन गर्न सक्दछौ ।
५० वर्षको लामो इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण विकास र प्रवद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्नेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु ।
कला र संस्कृति केवल मनोरञ्जनको माध्यम मात्र होइन, कुनै पनि प्रस्तुति हेरेर वा सुनेर दर्शक श्रोताको मनमा उत्पन्न हुने नवरसयुक्त भावले रचनाकार वा प्रस्तोताको बौद्धिकता र सांस्कृतिक स्तरलाई पनि झल्काइरहेको हुन्छ । तसर्थ मनोरञ्जन बजारको प्रतिस्पर्धामा बौद्धिक स्तर पनि कायम राख्न सकेको खण्डमा मात्र कलाको उचाइ वा गहिराइ बढ्न सक्दछ । समाजलाई असल मार्गमा निरन्तर दोहो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक पर्दछ । यसतर्फ पनि सांस्कृतिक संस्थान एवं विभिन्न राष्ट्रिय प्रज्ञा प्रतिष्ठानहरूले पारस्परिक सहयोग र समन्वयका आधारमा नेतृत्वदायीे भूमिका खेल्नेछन् भन्ने मलाई लागेको छ । 
आफ्नो स्वर्ण महोत्सवको अवसरमा यस संस्थानले देशभरिका सांस्कृतिक पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्न लागेको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ । यस फोटो पुस्तकले नेपाली लोकसंस्कृतिको अभिलेखीकरण तथा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने मैले विश्वास लिएको छु । यसैगरी राज्यको महत्वपूर्ण कार्यक्रम एवं समारोहमा सांस्कृतिक कार्यक्रम तयार गरी प्रस्तुत गर्दै आएको यस संस्थानले यो वर्ष पचासौं वर्ष विशेष कार्यक्रम आयोजना गरी वर्षभरि नै देशका कुनाकन्दरासम्म पुगेर सांस्कृतिक जागरण अभियान चलाउने योजना तय गरेको कुराले मलाई उत्साहित बनाएको छ । 
गत वर्ष मित्रराष्ट्र बंगलादेशमा भएको हाम्रो औपचारिक भ्रमणमा सांस्कृतिक संस्थानबाट १९ जनाको कलाकारको टोली सहभागी भई बंगलादेशमा रोमाञ्चकारी प्रस्तुति दिएको थियो । बंगलादेशका महामहिम राष्ट्रपतिलगायत सबैले उक्त प्रस्तुतिको प्रशंसा गर्नु भएको कुरा म तपाईंहरू समक्ष आज यस कार्यक्रममा स्मरण गर्न चाहन्छु । अन्त्यमा सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको यस अवसरमा संस्थान परिवारसहित सबैमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 
धन्यवाद  ।

००००००

अध्यक्षको धन्यवाद मन्तव्य

सांस्कृतिक संस्थान स्वर्ण महोत्सव विशेष समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू,
नेपाल सरकारका माननीय मन्त्रीज्यूहरूm
निर्वाचन आयोगका प्रमुख आयुक्तज्यू,
नेपाल सरकारका पूर्वमन्त्रीज्यूहरू,
प्रदेश सरकारका पूर्वमुख्य मन्त्रीज्यू,
प्रदेश सरकारका माननीय मन्त्रीज्यू,
विभिन्न प्रज्ञा प्रतिष्ठानका माननीय कुलपतिज्यूहरू,
नेपाल सरकारका श्रीमान् सचिवज्यूहरू एवं यस विशेष समारोहमा उपस्थित विभिन्न क्षेत्रबाट पाल्नु भएका सम्पूर्ण पाहुनाहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु । 
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सांस्कृतिक संस्थानले स्वर्ण महोत्सव मनाउन पाउनु हाम्रो लागि गौरवको विषय हो । यो सुखद् अवसर र सद्भावका लागि सम्माननीय राष्ट्रपतिज्यूप्रति सांस्कृतिक संस्थान र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार एवं धन्यवाद प्रकट गर्न चाहन्छु ।    
लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा क्रियाशील सांस्कृतिक संस्थान आजबाट ५०औं वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा म समस्त लोक संस्कृतिकर्मीहरूप्रति हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सव विशेष समारोहलाई सफल बनाउन अहोरात्र खट्नु हुने संस्थानका महाप्रबन्धक अशोककुमार राईज्यू, त्यसैगरी संगीत संयोजक प्राज्ञ अशोक राईज्यूलगायत सम्पूर्ण कलाकार एवं कर्मचारी साथीहरू, प्राविधिक मित्रहरू, सुरक्षा निकाय, सञ्चारकर्मी साथीहरू एवं प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा सांस्कृतिक संस्थान स्वर्ण महोत्सव उद्घाटन विशेष समारोहमा गरिमामय उपस्थितिका लागि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भणडरीज्यूमा पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दछु । यस समारोहका लागि आफ्नो अमूल्य समय दिएर पाल्नुभएका सबै पाहुनाहरूलाई हार्दिक धन्यवादसहित आजको कार्यक्रम यही समापन भएको जानकारी गराउन चाहन्छु ।

००००००

महाप्रबन्धकको स्वागत मन्तव्य

सांस्कृतिक संस्थान स्वर्ण महोत्सव समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू
नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू
निर्वाचन आयोगका माननीय प्रमुख आयुक्तज्यू
नेपाल सरकारका पूर्वमन्त्रीज्यूहरू
प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीज्यू
प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू
विभिन्न प्रज्ञा प्रतिष्ठानका माननीय कुलपतिज्यूहरू
नेपाल सरकारका श्रीमान् सचिवज्यूहरूलगायत यस समारोहमा उपस्थित विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित भद्र महिला तथा सज्जन वृद्धहरूमा सांस्कृतिक संस्थान र मेरो व्यक्तिगत तर्फबाट सबैलाई यस विशेष समारोहमा हार्दिक स्वागत गर्दछु ।
सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सांस्कृतिक संस्थानले स्वर्ण महोत्सव मनाउन पाउँदा संस्थान परिवारमात्रै होइन देशभरका समस्त लोकसंस्कृतिकर्मीहरूमा उत्साहको सञ्चार भएको छ । यो अवसर र सद्भावका लागि सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।    
नेपाली लोकसंस्कृतिको संरक्षण, प्रवद्र्धन, प्रस्तुति एवं दस्ताबेजीकरणका क्षेत्रमा क्रियाशील सांस्कृतिक संस्थान २०७९ असार ५ गते आजकै दिनबाट ५०औं वर्ष प्रवेश गरेको छ । समग्र लोकसंस्कृतिको संस्थागत विकास गर्ने उद्देश्यले २०१६ सालमा अवधारणा तयार भई २०१८ सालमा राष्ट्रिय नाचघर स्थापना भयो । राष्ट्रिय नाचघरलाई सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत २०२९ असार ५ गते सांस्कृतिक संस्थानका रूपमा गठन गरिएको हो ।
नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानले अनेक आरोहअवरोह पार गर्दै एउटा जीवन्त इतिहास बनाएको छ । सांस्कृतिक क्षेत्रमा क्रियाशील एउटा संस्थाले ५० वर्ष लामो बाटो तय गर्नु आफैंमा एउटा गौरवको विषय हो । यस अवसरमा सांस्कृतिक संस्थानलाई यहाँसम्म ल्याई पु¥याउने पूर्वपदाधिकारीज्यूहरू, कलाकार, कर्मचारी एवं समस्त लोकसंस्कृतिकर्मीप्रति म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
५० वर्षको इतिहास, उपलब्धि र अनुभवबाट सिकेर नेपाली लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सांस्कृतिक संस्थान अब उप्रान्त लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रम तय गरी अगाडि बढ्नेछ ।
देश भनेको चार किल्लाभित्रको ढुंगा माटोमात्र होइन । देश चिनाउन भाषा, भेषभूषा, रहनसहन अनि लोकसंस्कृतिको उच्चतम विकास आवश्यक छ । कुनै पनि मुलुकको लोकसांस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोकसंस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो र रसिलो हुन सक्दैन ।
नेपालको नयाँ संविधान र संस्कृति नीतिले यस क्षेत्रलाई राज्यको आयबाट चल्ने अर्थात् राज्यले संरक्षण गर्नुपर्ने क्षेत्रका रूपमा व्याख्या गरेको छ । नेपालको सांस्कृतिक विविधता विश्वमा स्थापित गर्न, लोकसंस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न, सांकृतिक पर्यटनको विकास गर्न, पुँजी निर्माण गर्न सक्ने चरणमा पु¥याउन यस क्षेत्रमा राज्यको पर्याप्त लगानी आवश्यक छ ।
पछिल्ला केही दशकहरू नेपालको राजनीतिक अस्थिरता, व्यवस्था परिवर्तन, राज्य पुनर्संरचना र स्थायित्वका लागि संघर्षहरू चलेकाले सांस्कृतिक संरक्षणमा राज्यको ध्यान पुग्न नसकेको हुन सक्छ । तर नयाँ संविधान निर्माण र राजनीतिक स्थायित्वसँगै अब सांस्कृतिक क्षेत्रको संरक्षण, विकास र विस्तारमा लाग्नुपर्ने बेला भएको छ । सांस्कृतिक संरक्षणका लागि दर्बिलो संरचना चाहिन्छ । त्यसका लागि ५० वर्षको इतिहास र अनुभव सँगालेको सांस्कृतिक संस्थान सदैव तयार छ ।
स्वर्ण महोत्सवको यस अवसरमा सांस्कृतिक संस्थानको भावी योजना तथा कार्यक्रमका बारेमा संक्षिप्त रूपमा केही कुरा राख्न चाहन्छु ।
सांस्कृतिक संस्थानले स्वर्ण महोत्सवको अवसरमा ‘५०औं वर्ष विशेष कार्यक्रम’ आयोजना गरी वर्षभरि सांस्कृतिक जागरण अभियान लिएर देशका कुना काप्चासम्म पुग्ने योजना तथा कार्यक्रम बनाएको छ ।
देशको सांस्कृतिक पक्षलाई समेटेर स्मारिकाका रूपमा ‘सांस्कृतिक फोटो पुस्तक’ प्रकाशन हुँदैछ । हाम्रो देशको सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउन र लोकसंस्कृतिको संरक्षण, प्रवद्र्धन एवं दस्ताबेजीकरणमा यस पुस्तकले टेवा पु¥याउने मैले विश्वास लिएको छु ।
लोकसंस्कृतिको संरक्षण, प्रवद्र्धन एवं प्रस्तुतिका क्षेत्रमा संस्थानले गरेका विभिन्न कार्यक्रम एवं सम्पूर्ण गतिविधिलाई सुरक्षित राख्न ल्भतधयचप ब्ततबअजभम क्तयचबनभ सर्भर जडान गर्ने योजना रहेको छ ।
सांस्कृतिक संस्थानको इतिहास लेखन सुरु गरिएको छ । आर्थिक वर्ष २०७९।८० भित्रै यो पुस्तक प्रकाशन हुनेछ ।
यसै वर्षदेखि विदेशी पर्यटकलाई लक्षित गरी ठेट नेपाली लोक सांस्कृतिक कार्यक्रमको नियमित सो सुरु गरिनेछ ।
नेपाली लोकसंस्कृतिलाई विश्वमाझ पु¥याउन यस क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्लेटफर्महरूको  खोजी र त्यसको उच्चतम प्रयोग गरिनेछ ।
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकसँग सांस्कृतिक आदानप्रदान, नेपाली लोकसंस्कृतिको प्रवद्र्धन गर्न सुरु गरिएको छ । कोभिडको महामारीपछि चालू आर्थिक वर्षमा मित्र राष्ट्र इजिप्ट सरकारले आयोजना गरेको इस्मालिया फोकलोर फेस्टिभल, दुबई सरकारले आयोजना गरेको दुबई एक्स्पो २०२२ मा नेपाली कलाकार टोलीको सहभागिता र प्रस्तुति यसैको एउटा उदाहरण हो ।
लोकसांस्कृतिक क्षेत्रलाई महत्वपूर्ण योगदान दिएका साधक कलाकारलाई यसवर्षदेखि हरेक वार्षिकोत्सवमा सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान, राष्ट्रिय नाट्य पुरस्कार, राष्ट्रिय संगीत पुरस्कार र राष्ट्रिय नृत्य पुरस्कार प्रदान गर्ने कामको थालनी गरिएको छ ।
विभिन्न जातजाति एवं समुदायमा निहित लोकभाका एवं प्रस्तुतिजन्य कलालाई रेकर्ड गरी सुरक्षित गर्ने काम चालू आर्थिक वर्षदेखि सुरु भइसकेको छ र त्यसलाई निरन्तरता दिइनेछ ।
सांस्कृतिक संस्थान यस्ता अनेकौं परिणाममुखी योजना बनाएर अघि बढिरहेको छ । वर्तमानमा गरिएका काम र नीतिगत निर्णयहरू भविष्यमा संस्थानका लागि ताकत बन्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मासात् गर्दै कार्यक्रम तथा योजनाहरू तर्जुमा गरिएका छन् ।
समग्रमा स्पष्ट लक्ष्य र उद्देश्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी र  सिर्जनशील कलाकारको संयोजनबाट सांस्कृतिक संस्थानलाई नयाँ ढंगाले अगाडि बढाइनेछ ।
अन्त्यमा सांस्कृतिक संस्थान स्वर्ण महोत्सव उद्घाटन विशेष समारोहमा गरिमामय उपस्थितिका लागि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूमा सांस्कृतिक संस्थान एवं समस्त लोकसंस्कृतिकर्मीहरूको तर्फबाट पुनः हार्दिक आभार व्यक्त गर्दछु । सम्माननीय राष्ट्रपतिज्यूको यो सद्भाव हाम्रो लागि सदैव प्रेरणाको विषय बनेर रहनेछ ।
साथै यो विशेष समारोहमा उपस्थित माननीय मन्त्रीज्यूहरू, संवैधानिक निकायका प्रमुख आयुक्तज्यूहरू, पूर्वमन्त्रीज्यूहरू, पूर्वमुख्यमन्त्रीज्यू कुलपतिज्यूहरू, श्रीमान् सचिवज्यूहरूलगायत यहाँ उपस्थित सबैमा सांस्कृतिक संस्थानको निमन्त्रणा स्विकार गरी उपस्थित भई दिनु भएकोमा हार्दिक स्वागत गर्दै बिदा हुन चाहन्छु ।
धन्यवाद, नमस्कार ।

 

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्