नारायण गोपालको सम्झनामा सांगीतिक कार्यक्रम

सांस्कृतिक संस्थानको पूर्वमहाप्रबन्धक एवं स्वरसम्राट् नाराणगोपाल गुरुवाचार्यको ३१औं स्मृति दिवसमा विशेष सांगीतिक एवं सम्मान कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक संस्थान र नारायणगोपाल संगीत कोषको संयुक्त आयोजनामा २०७८ मंसिर १९ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)स्थित सत्यमोहन जोशी प्रेक्षालयमा भएको कार्यक्रममा नारायणगोपालका लगभग एक दर्जन गीत प्रस्तुत गरिएको थियो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्