राष्ट्रपतिको बंगलादेश भ्रमणमा संस्थानका कलाकार टोली

काठमाडौं :- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा २०७७ चैत ९ र १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश भ्रमण गर्नुभयो । राष्ट्रपति भण्डारीको बंगलादेशका लागि भएको औपचारिक भ्रमणमा महाप्रबन्धक अशोककुमार राईको नेतृत्वमा सांस्कृतिक संस्थानका १९ जनाकलाकार टोली पनि सहभागी थिए । 
बंगलादेशको राजधानी ढाकास्थित नेसनल परेड ग्राउन्डमा आयोजित विशेष समारोहमा दुवै देशका राष्ट्रपतिको समुपस्थितिमा संस्थानका कलाकारद्वारा नेपालको लोकसंस्कृति झल्किने विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 
टोलीमा नृत्य कलाकार शारदादेवी सिलवाल, रेखा कटुवाल श्रेष्ठ, शवनम सिलवाल, माया थापा, सुशीला थापा, गीता थापा, सनम खड्गी, छवि थापा, शेखर घर्ती, सूर्या कार्की, दीपेश माझी, सुजित श्रेष्ठ र नवीन गुरुङ हुनुहुन्थ्यो । त्यसैगरी वाद्यवादनमा बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, मादलवादक नरेश प्रजापति एवं सारंगीवादनमा हरिशरण नेपाली र वर्त गन्धर्व हुनुहुन्थ्यो ।
मिस मंगोल नेपाल २०१९ की विजेता सिभिरा लामाको आकर्षक उद्घोषण रहेको विशेष समारोहमा शारदा सिलवाल, केशवराज राई, मनोज जोशी र सूर्या कार्कीको संयोजनमा संस्थानका कलाकार टोलीले नृत्य एवं वाद्यवादन कलाकारद्वारा लोकधुनहरू प्रस्तुत गरिएको थियो । नेपाली कलाकार टोलीको प्रस्तुतिलाई बंगलादेशका राष्ट्रपतिलगायत विशिष्ट पाहुनाले प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रप्रमुखको औपचारिक भ्रमणमा सांस्कृतिक कार्यक्रम लिएर कलाकार टोली सहभागी भएको सम्भवतः यो पहिलो पटक हो । ‘सांस्कृतिक संस्थानले एउटा गर्विलो इतिहास बनाएको छ’, कलाकार टोलीका संयोजक एवं संस्थानका महाप्रबन्ध कअशोककुमार राईले भन्नुभयो । 
...

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्