लुम्बिनीमा पटाचारा

सांस्कृतिक संस्थानले २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा तथा ध्यान केन्द्रमा बौद्ध भिक्षुणी पटाचाराको कथामा आधारित नाटक पटाचारा मञ्चन गरेको संस्थान डबली थिएटरको संयुक्त आयोजनामा भएको बुद्ध थिएटर फेस्टिभल २०२३ मा समावेश गरिएका उत्कृष्ट नाटकमध्ये लुम्बिनीमा पटाचारा मञ्चन गरिएको हो

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा २०८० वैशाख २२ गते लुम्बिनी विकास कोषद्वारा आयोजित विशेष समारोहका बीच २५६७ औं वुद्ध जयन्ती तथा  लुम्बिनी दिवस २०८० उद्घाटन गर्नु भएको थियो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै गौतम बुद्धको उपदेशलाई अनुसरण गरेर अघि बढ्दा सबैका जीवनमा शान्ति मिल्ने बताउनुभयो

नाटक मञ्चनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई, सांस्कृतिक संस्थानकी प्रशासन शाखा प्रमुख पवित्रा पंगेनी, लुम्बिनी क्षेत्रका पदाधिकारी तथा कर्मचारीहरूका साथै देश विदेशबाट आएका बौद्ध भिक्षुहरू, कर्मचारी, संस्कृतिकर्मी, स्थानीय तथा विद्यार्थी एवं अभिभावकहरूको उस्थिति थियो

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नाटकको प्रशंसा गर्दै आगामी वर्ष एक सातासम्म बुद्धसम्बन्धी सांस्कृतिक सप्ताह मनाउने बताउनुभयो नाटक मञ्चनका लागि संस्थानबाट २८ जनाको कलाकार टोली लुम्बिनी पुगेको थियो नाटकलाई दर्शकले औधी मन पराएका थिए

संस्थानका नाटक शाखा प्रमुख वीरेन्द्र हमालको सहयोगमा गीता घिमिरेको परिकल्पना तथा निर्देशन रहेको नाटक पटाचारमा रेखा कटुवाल, तीर्थ पोखरेल, निशान खत्री, अनिशा न्यौपाने, बीना विश्वकर्मा, रमेश देवकोटा, रोयन बोहरा, प्रमोदबाबु यादव, सुशील दाहाल, सुस्मिला पुनमगर, पार्वती गरी, सुरभी मगर, वर्षा भण्डारी, मनीष चौलागाईं, नरहरि पराजुली, राम पुरी, सौरभ न्यौपाने, ऋचा पोखरेल, विमला सापकोटा, निश्चल थापा, विराज थापाको अभिनय रहेको थियो

बुटबलका स्थानीय कलाकारहरू किशोर थापा, नेत्र डुम्रे, राजु क्षत्री, रेशम क्षत्रीले पनि अभिनय गर्नुभएको थियो नाटकमा अनुपम शर्माले ध्वनि एवं नारायणी पाण्डेले भेषभूषा संयोजन गर्नुभएको थियो

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्