रश्मी सिदिङ्वा डान्स स्टार

ताप्लेजुङ:- समृद्ध सिदिङ्वा नागरिक एकता समाजले आयोजना गरेको ‘सिदिङ्वा डान्स स्टार २०७८’ को उपाधि सिदिङ्वा गाउँपालिका वडा नम्बर ६ मेहेले निवासी अस्मी लिङ्देनले जित्नु भएको छ ।  स्थानीय लोकनृत्यको संरक्षण, प्रवद्र्धन तथा नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले सांस्कृतिक संस्थानको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा अस्मीले उपाधिसहित ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । 
प्रतियोगितामा साप्लाखुकी नुमा तुम्बापोले दोस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ र आङ्खोपकी सुनिता लिङ्देनले तेस्रो स्थानसहित १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी आङ्खोपकै युना बुढाक्षेत्री र साप्लाखुकी देविका गौतमले सान्त्वना पुरस्कारस्वरूप जनही पाँच पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
विजेताहरूलाई पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ताप्लेजुङका संघीय सांसद योगेश भट्टराई र सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले नगद, मेडल तथा ताम्रपत्रसहित सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । विजेता तथा सहभागीलाई बधाई एवं धन्यवाद दिँदै पूर्वमन्त्री भट्टराईले स्थानीय तहमा लुकेर रहेका प्रतिभाको खोजी गर्न र लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न यस्ता प्रतियोगिता उपलब्धिमूलक हुने बताउनुभयो ।
प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाभरका ३१ जनाले भाग लिएको आयोजक संस्थाका अध्यक्ष रामकुमार राईले जानकारी दिनुभयो । प्रतियोगितको पहिलो चरणमा ३१ बाट २१ जना र दोस्रो चरणमा २१ बाट उत्कृष्ट १० प्रतियोगी छनोट गरिएको थियो । उत्कृष्ट १० जनाबाट फाइनल राउन्डमा विजेता छनोट गरिएको हो । फाइनल चरणमा प्रीति थलङ, सम्झना राई र तरुण भारती निर्णायकका रूपमा रहनुभएको थियो । 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्