विजयी खेलाडीलाई पुरस्कार एवं प्रमाणपत्र

सांस्कृतिक संस्थानले ५१औं वार्षिकोत्सवको अवसरमा संस्थानमा कार्यरत कलाकार तथा कर्मचारीमा निहित अतिरिक्त क्षमता उजागर गर्न विभिन्न प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा विजयी भलिबल टोलीका साथै ब्याडमिन्टन, चेस एवं क्यारेमबोर्ड प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजयी खेलाडीलाई सभामुख देवराज घिमिरेले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो

 

विजयी खेलाडीमा ब्याडमिन्टनमा महिला एकलतर्फ शवनम सिलवाल, पुरुष एकलतर्फ मिलन नेपाली, चेसमा महिलातर्फ बिना पोखरेल, पुरुषतर्फ सुदर्शन थापा विजयी हुनुभएको थियो त्यसैगरी क्यारेमबोर्डमा पुरुषतर्फ सुदर्शन थापा महिलातर्फ शवनम सिलवालले बाजी मार्नु भएको थियो भलिबल प्रतियोगितामा प्रशासन शाखा विजय भएको थियो प्रशासन टोलीको तर्फबाट पवित्रा पंगेनी प्रेमध्वज जीसीले पुरस्कार एवं प्रमाणपत्र ग्रहण गर्नुभएको थियो

 

भलिबल प्रतियोगितामा तीन समूहबीच प्रशासनको टोलीमा प्रेमध्वज जीसी, सुदर्शन थापा, पवित्रा पंगेनी, चक्रबहादुर श्रेष्ठ, मनीष कार्की, हरि खत्री, सुस्मिता तामाङ हुनुहुन्थ्यो । कलाकारको टोलीमा मनोज जोशी, वीरेन्द्र हमाल, लोकराज राई, रोहित सुवेदी, नरेश प्रजापति, विपिन घिमिरे, माया थापा, सुशीला थापा गीता थापा घिमिरे हुनुहुन्थ्यो हल शाखाको टोलीमा पार्वती ज्ञवाली, अनुपम शर्मा, मिलन नेपाली, मनोज केसी, जसराज राई, विज्ञान सुब्बा, ओमप्रकाश बानियाँ दीपक पौडेल हुनुहुन्थ्यो । संस्थानका महाप्रबन्धक अशोककुमार राईले विजयी एवं सहभागी सबै खेलाडीलाई धन्यवाद दिँदै खेलले हरेक व्यक्तिलाई अनुशासित शारीरिक रूपमा तन्दुरुस्त बनाउने बताउनुभयो

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्